Nepali poem PARIWARTAN by Piyush Rai

परिवर्तन – पीयूष राई
श्मशानघाटको मुर्दाझै
आज बस्न मन लाग्छ शून्यतामा
क्षितिजको एउटा कथाझै
बिलाउन चाहन्छु म पनि कल्पनामा
अस्ताइरहेको घाम हेर्छ।
सधैं झै अस्ताइरहेको देख्छु
वरिपरिका परिवेश हेर्छ ।
पहिलेजस्तै त्यस्तै देख्छु
बदले जस्तो मात्र मेरो मन महसूस गर्छ।
केही त मैले हराएको छु।
अवश्य त्यो हराएको चीज तिमी होला
तिम्रो साथमा रमाउने यो जीवन ।
आज एकलो भइदिएको छ।
हजुर! शायद…
तिमीबाट टाढिएर होला।
आज यो मन विक्षिप्त बनेको छ।
तिमै यादको बन्धनमा
कैदीसरह तड़पेको छ।
तिमै आगमनको स्वागतार्थ

धेरै धेरै हतारिएको छ।

आउनुहोस हामी सबै मिली हाम्रो भाषा र साहित्यलाई  जोगाएर राखौ 
आफ्नो कविता वा कुनै प्रकारको लेख हामीलाई पठाउनुहोस Email @ darjinfo@gmail.com
This poem has been taken from Monthly Magazine “SRIJANA” with prior authority of publication group. Published from Marybong tea Garden Darjeeling.

Leave a Comment

Your email address will not be published. Required fields are marked *