Nepali Poem Aavash

सुमित राई ‘आभास
सही मार्ग

हिँड्नु छ धेरै, बाँच्नु छ थोरै को अजम्बरी छ।
हाँस्नु छ थोरै, रूनु छ धेरै कसले पो देख्छ?
जीवन शुरू हुन नपाई गोरेटो टुङ्गिदिन्छ
घाम र छायाँजस्तो यो जीवन कोही बितेर गइदिन्छ।

मानिसले यहाँ मानिसलाई चिन्दैन मानवता हराएको छ।
पशुले तर पशुलाई चिन्छ, रूपियाँमा सबै बिक्री हुँदोरहेछ।
मस्त छ, व्यस्त छ, स्वार्थीपनमा सबै अलपत्र छ।
बिचरा! त्यो भिखारी मर्दा कसले पो कात्रो दिन्छ।

मन त्यसै रून्छ, मुटु दुख्छ देखेर यी व्यवस्था
आज नै केही गरौं न साथी भोलि कसलाई थाहा छ
बाँचुञ्जेल राम्रो कर्म गरे, मृत्युले छोप्दैन ।
जीवनको यो पल रहन्छ सदा बिलेर जाँदैन।

मानिसको साथमा विवेक छ, प्रयोग सही गरौं न
मानिस हाँ ढुङ्गा होइन उद्देश्य एउटा छ
सतमार्ग हिँडे लक्ष्यमा पुग्छौं असम्भव केही छैन
असत्य एक दिन झुकेरै जान्छ सत् कहिले हार्दैन।

Read Nepali poems online

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top