READ NEPALI POEMS ONLINE

READ NEPALI POEMS ONLINE

READ NEPALI POEMS ONLINE

NEPALI POEM ANTIM KAVITA (अन्तिम कविता) BY ASWIN LAKANDRI

अश्विन लकान्द्री

अन्तिम कविता


आज जीवनको यो मोडमा
विचलित भई बाँचिरहेछु।
आफैदेखि म यहाँ
भाग्न खोजिरहेछु।
आफ्ना दुःख मर्म सबै
कविता बनी पोखियो
तर म कस्तो अभागी
लेख्ने क्रममा जीवन टुङ्गियो ।

मनमनै कतिपय भावना सँगाली
आज मेरो अन्तिम कविता रचिरहेछु
मदेखि टाढो भागेको पल सम्झी
अन्तिम उपहार कोरिरहेछु।


(adsbygoogle = window.adsbygoogle || []).push({});

मुटु ढुकढुकी छ तर
त्यसको कुनै अर्थ छैन
मेरो हर धड़कन कोही थियो
तर आज टाढा गयो।
निर्जन जीवन मलाई दिई
अर्कै खुशी बटुल्ने भयो ।

छोड़ी गयौ अन्धकारमा मलाई
आँसीको रात दिई
निष्ठुरी भयौ किन तिमी?
निको नहुने आघात दिई ।।

READ HUNDREDS OF NEPALI POEM ONLINE AT SEARCHDARJEELING.COM

SEND US YOUR POEMS/STORIES/ARTICLES AT sandeep.khati86@gmail.com

Leave a Comment

Your email address will not be published. Required fields are marked *