Nepali Poem Timi Kasto Vayechau

ONLINE NEPALI POEMS

तिमी कस्तो भएछौ!   
सुदिप मोक्तान

तिमी कमजोर अशक्त थियौ
विरूप र लाचार थियौ
आवश्यकतामा तड़पिने व्यक्ति थियौ ।
असभ्य थियौ । हामीले बनायाँ तिमीलाई
स्थान दियाँ तिमीलाई
इज्जत, सम्मान दियाँ तिमीलाई
सुन्दर बनायाँ तिमीलाई
परिपूर्ण भएछ अब तिमीलाई
चिन्दिनँ भन्छौ अहिले हामीलाई?
मानव हृदयको भित्री माया दियाँ तिमीलाई
तिमी रोइरहेका क्षणहरूमा हौसला दियाँ तिमीलाई
तिम्रा आवाजहरू बुलन्द पार्दै विजय गरायाँ तिमीलाई
तर अब, तुच्छ र दलित भयाँ तिम्रो निम्ति हामी?


(adsbygoogle = window.adsbygoogle || []).push({});

मान्यवर, महोदयको सलाम मात्र चिन्ने भयौ?
आवश्यकताभित्रको तीता अनुभवहरू
मध्यरातमा कहालिएका पलहरू
तिमीले रोएका ती आँसुहरू
तिम्रो स्वार्थी विवेकबाट मेटिएर गएछ ।
कुन मोड़ले हृदयहीन बनायो तिमीलाई?
अमानवीय परिवेशभित्र डुबायो तिमीलाई?
सुन्दैछौं! गरीब र लाचारको रूपियाँ समेटी
महल बनाएछौ
निर्धा बालकहरूलाई वस्त्रहीन बनाई
मोज-मज्जा गर्दैछौ स्वार्थीपनको यो खबरले
मुटु कताकता दुखिरहेछ
विश्वासघाती, भ्रष्टाचारी
साँच्चै तिमी त कस्तो भएछौ?

NEPALI POEM TIMI KASTO BHAYECHAU FROM THE BOOK “SRIJANA”

Submit your poems/ articles to us at 

Leave a Comment

Your email address will not be published. Required fields are marked *