जिन्दगी भित्र गुम्सेका धेरै,वेदना बाँकी छन् by: Yogesh Gyabak Tamang

जिन्दगी भित्र गुम्सेका धेरै,वेदना बाँकी छन्

को सँग भनौँ दुखेका सयौँ,घटना बाँकी छन् ll

सताउँछन् साह्रै घोचेर छाती,पुराना यादले

समुन्द्री छाल बनेर आउने,तर्कना बाँकी छन्ll

विवशता सङ्ग भिडन्त गर्दै,गैसक्यो उमेर

हाँसेर जिउने अनेकौँ थरी,सपना बाँकी छन् ll

पोख्दै छु आफ्ना कथा र व्यथा,आँसुले लेखेर

अनन्त पीडा बोकेका कैयौँ,सिर्जना बाँकी छन् ll

झस्किन्छ मुटु सिरिङ्ग गर्दै,ताडना सम्झेर

सुनाउन पनि नमिल्ने कति,यातना बाँकी छन् ll

च्यातिए अब सुनौला पाना,खुसीले भरेका

धड्कन बन्दै बसेका ताजा,सम्झना बाँकी छन् ll

आकाङ्क्षा जति पिल्सिए सबै,कुइरोले ढाकेर

कल्पना गर्दै साँचेका मीठा,तिर्सना बाँकी छन् ll

फुल्दैन होला सुवासी फूल,फेरि त्यो बागमा

तैपनि अझै झपक्कै फुल्ने,चाहना बाँकी छन् ll

चोखो छ आत्मा,चोखो छ सोच,चोखै छ कामना

दुखेसा सँगै हजारौँ ‘कोमल’ भावना बाँकी छन् ll








About Yogesh : fb.com/yogesh

Click here to Submit your articles

Leave a Comment

Your email address will not be published. Required fields are marked *