Nepali Poem Sani Muna by Samir Tamang

Read Nepali Poems



सानी मुना, मेरी मुना  –समीर तामाङ


मन्द समीरको स्पर्शमा
लहलह लहरिने भरपूर जोश, उमङ्ग समेटी
हजार आमाको सपना बोकी
हरपल आफ्नो बलिदान दिन
मौली आएका सानी मुना, मेरी मुना।

आँधी, तुफान, हावाहुरीमा
अन्धकार रातको मुँवरीमा
चरचर पोल्ने घामको किरणमा
निथुक्क भिज्ने वर्षा झरीमा
कुरिरन्छन् आफ्नी आमाको
विदारित आँलाको स्पर्श पाउन
मेरी मुना, सानी मुना।।


(adsbygoogle = window.adsbygoogle || []).push({});

भरपूर जवानीको वलिदान दिएर
आफ्नी आमालाई खुशी बनाउन
सदैव अग्रसर हाँसी खुशी ।

खाली जठरलाई टम्म पार्न
मौलिआएका सानी मुना, मेरी मुना।।

उत्सर्ग तिम्रो उच्च स्तरमा
फूलझै ओइली जाने छैन।

तिमै मल पाएर यहाँ गरीबजन कहिल्यै मुझउने छैन
तिम्रो उत्सर्ग अणु-अणुमा
तिम्रो प्रतीक्षा मुटु-मुटुमा
सजिरहनेछन् तबसम्म
गरीबजन रहन्छन् जबसम्म
उत्सर्ग तिम्रो पाएर यहाँ
मौलिआएका सानी मुना, मेरी मुना।

Nepali Poem written by Samir Tamang

Leave a Comment

Your email address will not be published. Required fields are marked *