BIOGRAPHY OF ARIAL PRADHAN

BIOGRAPHY OF AERIAL PRADHAN

BIOGRAPHY OF ARIAL PRADHAN


PLACE OF BIRTH : BADAMTAM TEA ESTATE , DARJEELING

DATE OF BIRTH : 1908

FATHERS NAME : LAXMI PRASAD PRADHAN

अध्ययन [EDUCATIONAL QUALIFICATION]: 


म्याट्रिक्युलेसन अंग्रेजी माध्यममा कलकत्ता विश्वविद्यालयबाट पहिलो श्रेणी।।

–घरैमा अंग्रेजी साहित्य, साइकोलजी, इकोनोमीक्स, भूगोल, जर्ज बर्नङ शाका नाटकहरू, शेक्सपियर र मिल्टनका कृतिहरू र जेनेरल नलेज।।

व्यवसाय / पेशा : [WORK / PROFESSIONAL LIFE]


 अवकाश प्राप्त प्रधान कर्मचारी डी० सी० आफीस, दार्जीलिङ। | निरोधक अफीसर (Preventive Officer, Enforcement Branch ) वाध्यकरण विभाग, दार्जीलिङ ।।

संक्षिप्त जीवन विवरण : [BRIEF HISTORY ]


आरम्भमा टर्नबुल स्कूल औ म्युनिसिपल प्राइमरी स्कूलका प्रधान शिक्षक ।।

अंग्रेजी माध्यममा म्याट्रिक्युलेसन पहिलो श्रेणीमा पास गरेपछि बृटिश सरकारले Veterinary College कलकत्ताका निम्ति छाने तर तेसपट्टि अभिरूचि नभएकोले गएनन् । सार्वजनिक शिक्षा (General Education) तिर उनको जाने इच्छा भए तापनि दार्जीलिङ जिल्लामा कलेज नभएकोले औ पारिवारिक अवस्थाले गर्दा १९३० सालमा डेपुटी कमिश्नर कोर्ट दार्जीलिङमा काम लिनु भो। त्यति बेला कचहरीमा काम गर्न एउटा मान सम्मानको कुरो थियो । आफ्नो दैनिक मामुली जीवन माथि खुशी नभएर अंग्रेजी साहित्य, मनोविज्ञान, अर्थनीति शास्त्र, भूगोल, जर्ज बर्नर्ड शाका नाटकहरू, शेक्सपियर र मिल्टनका कृतिहरू अनि सार्वजनिक ज्ञानहरू अध्ययन गरे । दार्जीलिङ मनोबिनोद लाइब्रेरीको स्थायी सदस्य भई नेपाली साहित्य अध्ययन गर्दथे ।

लगातार पढ़ाइले उनको जीवनमा निकै उज्यालो ल्यायो औ ज्ञान-बुद्धि प्राप्त गरे।

AERIAL PRADHAN
AERIAL PRADHAN
स्वयम् शिक्षाले यस्तो प्रेरणा दियो जसले आफ्ना मानिसहरू औ देशलाई सेवा गर्ने इच्छा, क्रियाशील सामाजिक कार्यहरूद्वारा जागृत गराइदियो । दोस्रो महायुद्धको समय उहाँ हवाई हमला सतर्कता Air Raid Precaution मा पर्नु भो । उहाँले सरकारलाई यो विभागलाई परिवर्तन गर्न पूरा मद्त गरे औ लाखौं रुपयाको सम्पत्तिको उद्धार गरे । दोस्रो महायुद्धका समय खाद्य उत्पादन सम्बन्धी जनतालाई सचेत गराउनका निम्ति उहाँलाई यो भार दार्जीलिङ सदरमा सुम्पियो साथै मोटर भ्यान औ माईक पनि दिएका थिए ।

सुखिया पोखरी जाने बाटोमा करीब ३७० ऐकर जमीन अहिलेको भन्ज्याङ्ग बस्ती घुम पहाड़को मुनि स्थित छ त्यो खासमहलको खेतीपातीको जमीनमा परिवर्तन भयो । उहाँको घरिघरिको परिश्रम औ श्री मोतीचन्द प्रधानज्यूको उपदेशले। श्री मोतीबाबु त्यति बेलाको प्रधान डेपुटी कलेक्टर औ डेपुटी म्याजिस्ट्रेट थिए । हिन्दुस्थान इन्सुरेन्स कम्पनीले एडवर्ड केभेनटरको यो ३७० ऐकर जमीन आफ्नो निज प्रयोगका निम्ति लिनका लागि सर सल्लाह कुराकानी गरी प्रायः मिलाइसकेका थिए । यो सिद्ध दुःसाहसिक कामले धेरै जमीनहीन पहाड़बासीहरूले जमीन प्राप्त गरे ।

त्यसपछि सरकारले उहाँलाई Preventive Officer Enforcement Branch तालीमका लागि पठाए । । दोस्रो महायुद्धको पछाडि संयुक्त बंगालमा खाद्यका चीजहरूको अभावमा यो जाँचमा शारीरिक औ न्याय्य बस्तुहरूमा खुबै राम्ररी पास गरी दार्जीलिङमा Preventive Officer नियुक्त भए । | कालो बाजार, अनुचित संग्रह, उपभोग गर्ने आहारहरूमा नाफाखोरीहरूलाई पक्रे ।। डरहीन स्नेहहीन भई ठीक ठीक सँगले धनी औ गरीबहरूमा अभावको समय बितरण गर्न स्थिर गरे । यो आफ्नो काममा अरूहरूबाट प्रभावित हुन ढीठसँगले अस्वीकार गरे । नाफाखोरीहरूले उनलाई झंझटमा हाल्नका निम्ति षडयन्त्र रचे तर आफ्नो काममा इमानदारीसँग बसी उनीहरूको यो अति घृणित इन्तजामलाई निष्फल गरिदिए । सत्यको अन्तमा जय नै हुँदछ भन्ने सिद्धान्त उहाँको थियो । | यो अनुभवले उहाँलाई यो देखायो कि एउटा इमानदारी अफसरलाई कति सारो औ दयाहीन पाराले भ्रष्टाचारको बिरोध खुल्लमखुल्ला लड्नुपर्दछ ।

खेलकूदलाई प्रोत्साहन दिनका निम्ति उहाँले सक्रिय भाग लिए। धेरै वर्षसम्म उनी दार्जीलिङ औ जिल्ला शारीरिक व्यायाम औ खेलकूद संस्थाको सदस्य थिए । । सन् १९५६-५७ मा डेपुटी कमीश्नरको खेलकूद संस्थाको साधारण सम्पादक चुनिए । यसले उहाँलाई दार्जीलिङ जिल्लाका कारिन्दावर्गको स्वास्थ्यको सुधार ल्याउने मौका पायो।। उहाँको अति परिश्रमले धेरै नै लाभ भयो । १९५७ मा डेपुटी कमीश्नरको खेलकूद संस्थाले जहाँ कारिन्दाहरू मात्र थिए–हर्ली फूटबल कप (Herlihy Football Cup) बिजय प्राप्त गरे। यो एउटा तेजस्वी साहसिक कार्य थियो । उहाँको यौवनकालमा उहाँले खेलकूद औ संगीतमा तीब्र चाख लिन्थे । उहाँले १९२८, १९२९ सालको सार्वजनिक सर्व बिजय पहाड़ मानिसहरूको खेलकूद (Hillmen’s sports ) मा पाए ।

दार्जीलिङ, ब्लुमफिल्ड खेलकूद औ कालिम्पोङ्ग औ त्यसपछि पनि धेरै बिजय चिन्ह कपहरू प्राप्त गरे ।

सरकारी जागीरबाट अवकाश प्राप्त गरी उनी १९६६ सालको दार्जीलिङ नगरपालिकाका चुनावमा लड़े औ विजय प्राप्त गरे । उहाँले आफूमाथि सुम्पिएको कार्य नगरपालिकाको विभागीय उच्च कर्मचारी (Municipal Commissioner ) भई प्राणपन चेष्टा गरे औ यसले दार्जीलिङका जनताको सेवा गर्ने मौका हासील गरे।।

निर्मल, शुद्ध खेलकूदद्वारी उनले ममता औ सेवाका गुणहरू सिके। सन् १९७० मा उनी नगरपालिकाको चुनावमा फेरि पनि निर्विरोध चुनिए तर चुनाव-अर्जीको कारण यो परिषद्ले काम गर्न सकेन । उहाँ भन्नु हुन्छ–उहाँले अवकाश प्राप्त गरेनन् तर उहाँले जुत्ताको तलुवालाई अवकाश प्राप्त गरायो जसमा उहाँले आफ्नो जीवन यात्रा अझै हिड्न सक्ने पारे । उहाँ अझै पनि सक्रिय हुनुहुन्छ ।

सन् १९७१ सालमा गोर्खा दुःख निवारक सम्मेलन, दार्जीलिङको सभापति चुनिए । यो लोक हितैषी औ उदार संस्थाको सदस्यता संख्या अति बढेर जाँदैछ औ जानेछ ।

 THE BIOGRAPHY IS TAKEN FROM THE BOOK ‘DURDARSHI’ A NEPALI BIOGRAPHY BOOK FOR EDUCATION PURPOSE.

THE ARTICLE BELONGS TO THE ACTUAL PUBLISHERS
EDITION : 3
 PUBLISHED YEAR : MAY 1973 (Baishak 2030)
Sandeep Khati, editor of SearchDarjeeling

From the hills, for the hills

Sandeep Khati

Editor, SearchDarjeeling · Founder, India Job Alerts

Sandeep grew up in the Darjeeling hills and writes about the places, people, festivals and everyday news of Darjeeling, Kalimpong, Mirik, Kurseong and Sikkim. Every story is checked with local sources and official notices before it goes live. Looking for verified government jobs in West Bengal, Sikkim and across India? He also runs India Job Alerts.

Explore Darjeeling · Plan your trip · Latest Job Alerts

Leave a Comment

Your email address will not be published. Required fields are marked *