BIOGRAPHY OF PADAM BAHADUR THAPA
श्री पदम बहादुर थापाजन्मतिथि–१७ मई, १९१३
जन्म स्थान-जरूलहट्टा ( मगर गाउँ ), घूम, दार्जीलिङ।
पिताको नाउँ–स्व० गम्भीर सिङ्ग थापा।
अध्ययन : [EDUCATION]
स्कट मिशन स्कूल, जोरबङ्गला - प्राथमिक शिक्षा ( १९२०-२२ ) मिडल इंगलिस स्कूल, घूम - छैटौं श्रेणीसम्म (१९२३ -२७) सर्कारी उच्च विद्यालय, दार्जीलिङ- सातौं श्रेणीदेखि दशौ श्रेणीसम्म (१९२८-३३ ) १९३३ मा उक्त विद्यालयबाट द्वितीय श्रेणीमा म्याट्रिकुलेशन उत्तीर्ण । तिनताक आजका सातौं, आठौं, नवौं र दशौं श्रेणीलाई क्रमैले 4th Class, 3rd Class, 2nd Class र 1st Class भनिन्थे ।दार्जीलिङमा उच्च विद्यालय एउटै थियो । पैदलै चार माइल टाढा रहेको विद्यालय धाउँथे । मनमा बारम्बार विचार उठ्थ्यो, घूममा नै हाई स्कूल भए भावी सन्तानलाई कति सुविधा हुने थियो । आज त्यो मेरो इच्छा पूरा भयो। घूममा नै उच्च विद्यालयहरू स्थापित भएका छन् ।
सानैदेखि खेलकूदमा खुब चासो राख्थे । विद्यालयहरूको वार्षिक खेलकूदमा भाग लिइने रहन्थे । दुगुर्नमा त मलाई कसैले भेट्दैन थियो। १९३२ देखि ठूला ठूला स्पोर्टमा पनि भाग लिन थालें । डालीको पुलिस स्पोर्टमा १ माइलको खुल्ला दौड़ र दार्जीलिङ जिल्ला स्पोर्टमा त प्रायः प्रथमनै हुन्थे ।
तिनताक गोराहरूसित होडबाजी गर्नुपथ्र्यो । १९३६ मा फीलामा ठूलो अपरेशन गर्नुपरेकोले मन हुँदा हुँदै पनि दौड़मा भाग लिन असमर्थ भएँ। गोराहरूलाई जिती हासिल गरेका कपहरू हेर्दा आनन्द मात्र होइन फेरि कुद्ने जोश चढ्छ। स्टप वाच हातमा लिएर ३-४ मीलको दौड़ अभ्यास गर्थे औ रुटिन र रेकर्ड राख्थे । दौडाइमा ढिलो हुँदा के कारणले हो सो पत्ता लाउने कोशिश गर्थे । मेरो देखासिकी गरेर धेरै केटाहरूले दौड़ अभ्यास गर्न लागेका थिए । तर अहिले त्यस्तो वातावरण छैन ।
व्यवसाय र सामाजिक कार्यहरू: [WORK AND SOCIAL ACTIVITIES]
म्याट्रिकुलेशनको परीक्षा-फल भएपछि (GORKHA BOYS HIGH SCHOOL)‘गोर्खा ब्वाइज हाई स्कूल'-मा ६-७ महीना छात्रहरूलाई पढाउनमा गुहार गरें । यो स्कूल स्व० मिटर चेरीले खोलेका थिए । विद्यालयको गुठी ( fund ) राम्रो थिएन । खजानाबाट जति उठ्थ्यो , त्यसैबाट १०-१२ रु० गोजी खर्च भनी मि० चेरीले दिन्थे।PADAM BAHADUR THAPA |
१९४९-५३ सम्म घूम मिडल इंगलीस स्कूलका सचिवको काम सम्हालें । यस स्कूललाई ‘हाई स्कूल'-को रूपमा ल्याउनु र हेर्नु मेरो ठूलो रहर औ इच्छा थियो । यसर्थ, यसमा अरू एक श्रेणी, सातौं श्रेणी थपे । तर यतिमा पनि ठूलो वाधा आइलाग्यो ।
शैक्षणिक परियोजना ( Educational scheme ) अनुसार यो अवैधानिक छ' भन्ने मानिस सम्म भेटियो । विद्यालयको गुठी थिएन । यताउति धन-पैसा जोगाड़ गरी, विद्यालय मुनिको एउटा सानो घरमा १० रु महीनाको भाडामा सप्तम् श्रेणी चाल गरियो । डेस्क-वेञ्चको अभाव पूर्ति गर्नलाई विहान, अफीस जानभन्दा अघि, कोही बेला ३ माईल, कोही बेला चटाइधुरा आदि ठाउँ गई सर्दारहरूसित काठ-तखता दान माग्थे । यस्तै अनेकन् वाधा झेल्दै औ समस्या
समाधान गर्दै बिस्तारै आठौं, नवौं, दशौं श्रेणी थपिदै अहिले पूर्ण उच्च विद्यालय भएको छ । पश्चात् धनको अभावले फिटीफिटी पारेकोले एक-दुई पल्ट मेला पनि गरियो । एक पटक लाते भकुण्डोको खेलमा डिस्ट्रीक्ट एथलेटिक एशोसिएसनलाई टिकट बेच्ने अनुमति पनि माग्नुपस्यो। यस समयमा म सचिव थिइनँ। मेरा दाज्यू नरबहादुर थापा यो पदमा हुनुहुन्थ्यो र अझ तक हुनुहुन्छ। म अझ सदस्य हुँदैछ। । १९३३-३४ मा गोर्खा दुःख निवारक सम्मेलनको शाखा घूममा खोलें र मंत्रीको रूपमा काम चलाएँ। यो शाखा १९३७-३८ सम्म राम्रो चल्यो तर खजाञ्चीले गर्दा विलीन भयो। त्यसपछि म मूल गोर्खा दुःख निवारक सम्मेलन ( दार्जीलिङ) को सदस्य भएँ र अझै पनि छु । मेरा बंगाली मित्रद्वय श्री गुरुदास मुखर्जी र श्री आलोक घोषको आग्रहले १९६२-६३ देखि दार्जीलिङ हिमालय कला मन्दिरको सदस्य पनि रही आएको छु।
१९३७ मा दार्जीलिङ जिल्ला मगर समाज स्थापित गरें । म मंत्री र स्व० सुबेदार धनबहादुर आले सभापति थिए । तर उत्साही नवयुवकहरूको कमीले बीचैमा यस संस्थामा शिथिलता आयो । १९७१ को जनवरी महीनादेखि यो संस्था पुनस्र्थापन भएको छ । यो पुनर्गठित संस्थाका सभापति श्री जे० बी० थापा हुनुहुन्छ अनि उप-सभापति म छु । १९४०-४१ मा गाउँमा बूढापाकाको एउटा समाज खोलें। पछि गाउँका उत्साही युवकहरूको सहयोगले ज्योति पुस्तकालय स्थापन भयो ।
हाल यो पुस्तकालय अमरदीप समिति' नामले प्रसिद्ध छ। म यसको सभापति छंदैछ । यस समितिको निजी भाँड़ा-वर्तन पाल आदि छन् । यी चीजबीज जुटाउनलाई परदेशमा सेवा गरिरहेका दाज्यू-भाई तथा दिदी-बहिनीहरूलाई अर्थको निम्ति याचना गरिएको थियो । गाउँघरमा भएको झैझगड़ाको छलफल, बाटोघाटोको सुप्रबन्ध आदि रचनात्मक काम यस समितिबाट भइरहेछ । अहिलेको घूम कन्या उच्च विद्यालय पनि पहिले प्राथमिक पाठशाला मात्र थियो । म यसको सदस्य भएपछि बिस्तारै श्रेणीहरू बढ़ाउँदै लग्यौं।
नोकरीबाट फर्केपछि, पानीझरीअन्धकार केही नभनी हातमा लालटीन लिएर धन संग्रह गर्न जान्थ्यौं । साथमा पाठशालाको मंत्री श्री ए० सेन र प्रधान अध्यापिका श्रीमती एम० के० राई पनि हुन्थे । आज यो पाठशाला दुई तल्ले घरमा, घूम कन्या उच्च विद्यालयको नामले प्रख्यात छ । यति भएपछि मैले यस विद्यालयको सदस्यताबाट हात धोएँ । अवधि समाप्त भएपछि घूम बाल उच्च विद्यालयबाट पनि बिदा लिने विचार गरेको छु । युवावस्थामा उठेको मेरो विचार पूर्ण भएको देख्दा आज मलाई गर्व लाग्छ । प्रत्येक नवयुवक-युवतीहरू आफ्ना बुत्ता अनुसार साना-ठूला सामाजिक काममा अग्रसर भए जाति र देशको प्रगति चाँडै हुने थियो ।
THE BIOGRAPHY IS TAKEN FROM THE BOOK 'DURDARSHI' A NEPALI BIOGRAPHY BOOK FOR EDUCATION PURPOSE. THE ARTICLE BELONGS TO THE ACTUAL
PUBLISHERS EDITION : 3
PUBLISHED YEAR : MAY 1973 (Baishak 2030)
Drop your Views & Queries