BIOGRAPHY OF HARIPRASAD GORKHA RAI IN NEPALI
श्री हरि प्रसाद “गोर्खा राई (HARI PRASAD GORKHA RAI )
जन्मस्थान-कोहिमा, नागाल्याण्ड, भारत ।
जन्मतिथि–१५ जुलाई, १९१६ ।
पिताको नाम—दिवंगत श्री धनराज राई, मालेकुछा, चामलिङ्ग ।
अध्ययन : [EDUCATION]
आसाम भरिमा तृतीय स्थान लिई प्रथम श्रेणीमा माध्यमिक अंग्रेजी परीक्षा पास कोहिमादेखि । कलकत्ता युनिभर्सिटीको म्याट्रिकुल्येसन जोरहाट, आसामदेखि प्रथम श्रेणीमा, दुइवटा लेटर सहित पास । बी० ए० चाहि गौहाटी युनिभर्सिटीदेखि पास। एम०ए० कोर्स पाठ्य सम्पूर्ण तर परीक्षा नदिएको ।
व्यवसाय पेशा : [PROFESSION]
सर्कारी नोकरी १९३५ देखि ली १९६८ ई० सम्म । शुरूको शिक्षकता अन्तिमको आकाशवाणीमा एसिष्टेण्ट डाइरेक्टर।।
भाषा ज्ञान : [KNOWLEDGE OF LANGUAGE]
नेपाली, असमीया (यी दुवै भाषामा साहित्य साधना ), उड़िया, बङ्गला ( शुद्ध बोल्ने र लेख्ने काम गरिन्छ ), हिन्दी (“विशारद उपाधि प्राप्त ), जपानी र मनिपुरे (चाहिएको खण्डमा बोलिन्छ-मनिपुर बजारमा मनिपुरे नजाने हुँदैन र; जपानीमा चाहि रेडियो सुन्ने शौक छ)।।
कृतिकार्यहरू : [PUBLICATIONS]
HARIPRASAD GORKHA RAI |
१९३३ असमीया सर्वोच्च कोटिका पत्रिका आवाहन'-मा पेरो साहेबको डायेरी नामक काल्पनिक तत्कालीन घनघोर नागा अरण्यभित्र यात्रा वर्णन । पछि असमीया आवाहन, बोही, सौमार ज्योति, उदयाचल, राम धेनुः मणिद्वीप इत्यादिमा कहानी कविता आदि लेख्नु र नेपाली भारती, गोर्खा सेवक, हिमाद्री, हाम्रो कथा, कथा भारतीमा कथा र दियालोमा भ्रमण कहानी आदि लेख्नु ।
अखिल भारतीय गोर्खा लीगमा योगदान तथा संस्थाको मुखपत्र ‘गोर्खा'-मा विभिन्न रूचिका निवन्ध कथा कवितादि प्रकाश । आफ्नो नाममा तथा उपनाम “एक गोर्खा लीग सैनिक” “फकर सि” इत्यादि छद्मनाममा रचनात्मक ब्यङ्गात्मक लेखादि प्रकाश ।।
आसाममा असमीया साहित्य सभाहरूमा योगदान १९५६ मा सभापति कृष्टि शाखा देखि ली १९७१ कार्यकारिणी सभाको सदस्य रहनु ।
माकुम अधिवेशनमा स्वरचित कविता पाठ गरी असमवासी नेपालीहरू र असमीयाहरूमा मिलन सद्भावको सेतु स्थापन । पछि यदुनाथ खनाल नेपालको राष्ट्रदूत आसाम आउँदा भानुजयन्तीमा सभापतित्व गर्नु । सर्कारी सेवा सकी तीनसय भन्दा अलिक बेसी रुपया महिनावारीको पिन्सिन ली अवसर लिनु तथा जेनेरेल इलेक्सनमा युनाइटेड फ्रन्टको उम्मेदवार भई लड़नु तर गोर्खालीहरूकै भोट नपाउँदा हार्नु ।
अन्यान्य :
नागाल्याण्डको कुना कुनासम्म भ्रमण गर्नु र नागा नेपाली मिलन सेतु तैयार गर्नु । युद्धकालीन रिफ्युजी केम्प कमाण्डेण्ट रूपमा बम्र्मा सीमान्त फोर्ट कियेरीमा रहनु । पैदल ४०० माइल जङ्गल बीस-पचिस दिनमा डुल्नु । युद्धकालीन बाटो बनाउने काममा सबडिभिजनल अफिसर ब्रीज एण्ड रोडको काम गर्नु तथा बहुत नेपाली असमीया तथा नागा कन्ट्राक्टरहरूको हराइसकेको कागज-पत्र खोजी निकाली “बील'' तैयार गर्दिनु। जापानी आक्रमणको बेला युद्धक्षेत्रमा इन्टरप्रीटर भई मित्र पक्ष बाहिणीमा रहनु । युद्धपछि सोसिएल एडुकेशन अर्गानाइजर रूपमा नागाहरूको गाउँ गाउ घुमी सर्कारी सहायता उपलब्ध गराउनु ।
सामाजिक कार्यहरू [SOCIAL WORKS]:
द गोर्खाज एण्ड अदर पीपल्स युनियनको सभापतित्व गर्दै गोर्खालीहरूको हकको जगेरा गर्नु ( १९४६ देखि १९५६ सम्म ) त्यसपछि सर्कारले संस्थाको जेनेरेल सेक्रेटेरी मेरो मित्र स्कूल शिक्षक श्री धनबहादुर सुनार र यस सेवकलाई क्रमै सङ्गले सर्कल अफिसर, नेफा र ए० एस० डी० ए० आइ० आर० गौहाटी पदमा नागाल्याण्डदेखि बाहिर पठाएपछि यस संस्थाको मृत्यु ।
वर्तमान [PRESENT] :
यो सेवक गोर्खा पञ्चायतको सेक्रेटेरी छन् । स्कूल कमिटीका चेयर यान, लीलापुन बहुउद्देश्य नेपाली विद्यालयमा प्रधान शिक्षकता गर्दै समाज सेवामा रत छन् ।
संक्षिप्त जीवन विवरण [LIFE HISTORY] :
भगवानले मलाई गोर्खालीको घरमा जन्म दिए–जन्म जन्म गोर्खाली नै रहुँ । हुन त चुनावमा यी गोर्खालीहरूमा कोही कोही स्वार्थी तथाकथित नेताहरूले गर्दा म हारें, जीवनभरि साँचेको धन अपव्यय गरे मेरो गाड़ी बेच्नुपस्यो, ब्याङ्क ब्यालेन्स शून्य भो-हवोस् यो पनि प्रभुकै इच्छा सम्झी सुख-दुःख, हार-जीत, मान-अपमान प्रभुकै सम्झी उनकै सेवा गरिरहेकै छु–गरिरहन्यै छु-जीवन मेरो हरिमय भई गएको छ–हुन त म अहिले जीवनको त्यो कोठादेखि गुजरी ( पार भई ) सकेको छु जहाँसम्म मान्छेलाई एउटा सलामको भोकले खेद्दो छ–अब ता सलाम ( मान अपमान बोध ), धन प्रतिष्ठा केही लोभनीय लाग्दैन ।
अब ता कहिल्यै अन्त नहुने महान् प्रभुसित जवाब दिनु अथवा जिन्दगीको हिसाब बुझाउनु तैयार छु। जीवन घाम र संसारी बादलको यो नाङले भूत निस्कने बेलामा अब बाँकी यति नै प्रभुको काम गर्नु छ।
भोलिको गोर्खाली तैयार-भारतमा १,५०,००,००० जना बेकारहरूमा अझै थप नहोओस् ।स्कूलदेखि निस्किनासाथ प्रत्येक छात्र खेती किसानमा थवा केही हातको काम गरी खाओस् ।पुरानो किताबी विद्या प्राप्त सेतो कालर किरानी कामको व्यर्थ शिकारी तैयार गर्ने स्कूल कालेजहरूलाई अब युगले चाहँदैन।
अबलाई मेरो प्रत्येक छात्र-छात्रा, नैतिक बलमा बलवान बलवती स्वावलम्बी हुनेछन् । लीलापुन विद्यालयको श्रेणी बन्नेछ २० ऐकर लागोस् अजमीनको ‘जी० सी० पैरा-फार्म’, ‘एम० एल० थापा–डालो डोको बुन्ने बाँसघारी', अथवा ‘सुबिदार गोपाल-पानी ढिकी कारखाना' दुःखीको सेवामै हामी भगवानलाई भेट्ने छौं ।
THE BIOGRAPHY IS TAKEN FROM THE BOOK 'DURDARSHI' A NEPALI BIOGRAPHY BOOK FOR EDUCATION PURPOSE. THE ARTICLE BELONGS TO THE ACTUAL PUBLISHERS
EDITION : 3
PUBLISHED YEAR : MAY 1973 (Baishak 2030)
Like our Facebook page for Latest Notification
|
Follow us on Google+ |
[All the Job information of this website are taken from the official website of respective department/firm ,the candidates are requested to verify and apply, the intention of the content is shared to help the un-employed youths who are seeking for Job , Readers are advised to visit the above link before applying to any posts/recruitment ]
Drop your Views & Queries