Nepali Short Story Sushil Farkena

Sandeep
By -
0
Read Nepali Short Story Online

Read Nepali Short Story Online Sushil Farkena

Searchdarjeeling.com has best Nepali short stories form talented writers from Darjeeling, Kurseong, Kalimpong, Mirik and other areas of India. Here we have posted beautiful Nepali short Story written by Mr. Arjun Rai who hails from Darjeeling. The Story was originally published in the Book Named "SRIJANA" Share us your stories sandeep.khati86@gmail.com for article submission or Visit our Facebook Page: @Facebook.com/Darjinfo
NEPALI SHORT STORY  सुशील फर्कन  BY अनुज राई 'तोमाछाङ' 

 सुशील फर्कन 


हिज हराएको हँसिया खोजेर, त्यसैले आज घाँस काटेर ल्याउनु बुझिस् । यदि पाइनस् भने घर पनि नआउनू, सीधै जानू, कता जान्छस् ।”

सुशील अचल उभिरहेको छ, मानो कुनै प्राण नै छैन त्यसमा ।

“के हेरिरहेछस्' वाल्ल परेर मूर्तिजस्तो? एउटै भएको हँसिया पनि खाइहाल्यो साला।” काकी रीसले फतफताउँछिन् । सुशील चुपचाप घरबाट बाहिरिन्छ।

सुशील घर फर्किएन । समय आफ्नै गतिमा निरन्तर बढिरहेछ। काका-काकी आजभोलि बेखुशी देखिंदैछन् । “दाजुले कति प्रेम-स्नेह गर्यो मलाई । मुखको गाँस पनि निकालेर खुवाउने गर्थ्यो । तर..? मैले उसको छोरो! मेरो पनि त छोरो नै... खै के गर्नसकें? यहाँ म कि कहिले एक शब्द मायाले बोलाइनँ। कति मायाले काका.. सानु काका भन्दै आफ्नोपन पोखाउँथ्यो मलाई । यदि मैले त्यतिखेर एक शब्द मीठो बोलिदिएको भए, शायदै त्यसको कोमल मुटुले मप्रति केही आस्था-प्रेम राख्थ्यो होला ।”

आजकल सुशीलको काकाले पश्चात्ताप गरिरहन्छ।
काकीलाई आफ्नो क्रूरताका निर्दय दिनहरू हरक्षण मुटुको व्यथा भइरहेको छ। अतीतका यादहरू आँखाअघि आइरहन्छ। सुशील बाह्र वर्षको बालक, थाँक्रोबिनाको सिमीसरह धलीमली भई टुहुरोपनको बोझले लादिएको, हिजाज काका-काकीको घरमा नोकझै बस्न बाध्य परेको छ। बिहानै उठी जङ्गल गएर घाँस ल्याउनु, काकीको रूखो बोली सहनु र घरको हरेक काम गर्नु दैनिक तालिका बनेको छ त्यसको। पाठशालातर्फ जानपर्ने पाइलाहरू जङ्गलतर्फ जाँदैछ विवशताले ।


शरीरमा लुगाको नाममा मैलाले ढाकिएको टी–सर्ट र हाफ-प्याण्टभित्रको शरीर देख्नेगरी आधासरो फाटिएको छ। खालीखुट्टा, यही अवस्थामा नै जङ्गल जान्छ । घाँस टाउको बाङ्गिने गरी लिएर आउँछ त्यो । घरको बरण्डामा थकाई मेटाउन बस्छ। यस्तैमा काकीले दुइवटा सुख्खा रोटी र एउटा हरियो खोर्सानी त्यसको अघि राखिदिन्छ। पोषणयुक्त खाना खाने कलिलो उमेरमा यति दुइ टुक्रा रोटीले कहिलेसम्म त्यसको प्राणको रक्षा गर्न सक्छ र? यसभन्दा मीठो भोजनको आकांक्षा त 'आकाशको फल आँखा तरी मर' भनेजस्तो छ त्यसको निम्ति ।

जल मनी या त भाग्य खोटो छ। कसले बुझ्न सक्छ र? त्यो बालकको जीवन अँध्यारो छ। आशाको दीयो कहीं कत छ। आफ्नै काका-काकीले हेला-धुणा गर्छन्, बस् अरू त सच कलिलो मस्तिष्कले यति त बुझेकै छ।
. ... सानु काका मलाई काकीले व्यर्थमा नै कुटनुभयो ।” पिञ्चे स्वरमा आँखाको डिल-डिलमा आँसु बोकेर भन्छ।
काकी मीनतामा लुकेको भावले सुशीललाई दःखी बनाउँछ। अँध्यारो मुहार लिएर आँखा माड्दै काका पसेको ढोकातर्फ हेरिरहन्छ कतै फर्केर पो आउँछ कि भन्ने अधुरो आशमा ।।

हरेक बिहानीले नौलो दिन लिएर आउँछ। सुशीलको निम्ति नौलो दिन कहिले भएन।।
बल्ल–बल्ल तेरो आँखा खुलियो, कहिलेदेखि उठाएको तँलाई । गाईवस्तु कराइबस्यो । घाँसमा जा!” आमाको ममताले भरिएको बोलीको सट्टा काकीको यस्तै रूखो बोलीले नै दिनको शुरूवात र दिनको अन्त हुन्छ त्यसको सदैव । आफू र घरको गाईवस्तुमा केही फरक पाउँदैन ।

त्यसको कलिलो हातमा कलमको सट्टा हँसिया छ, खाता-किताबको सट्टा नाम्लो र झोला (ब्याग)-को सट्टा आफूभन्दा तीन गुणा बढी असुहाउँदिलो डोको छ। हातैभरि ठेला उठेर छाला पिल्सिएको छ । परिस्थितिले निक्कै परिपक्व पारेको छ त्यसलाई । जङ्गलमा एकलै जान्छ । बाघ-भालूको डर छैन, जतिको काकीको छ। छिटोछिटो घाँस काट्ने हुँदा अचानक हातमा चोट लाग्छ। दुखाइ सहन नसकेर रून्छ, चिच्याउँछ, यताउता दगुर्छ । त्यो सुनसान जङ्गलमा त्यसको चिच्याहट त्यहाँ नै विलीन भएर जान्छ । घरमा काकीले हकार्छिन् भनेर आफूले लगाएको मैला लुगाले त्यो चोटलाई बाँध्छ।'के चोरिस्? के लुकाउँदैछस्? यता देखा के हो? के हो भन?" डराई-डराई देखाउँदै त्यसले भन्छ 'घाँस काट्दा काटिएको ।” “साला कुकुर बिहानै सपना देख्छस् ।

 घाँस काट्दा तेरो आँखा कहाँ थियो?" औषधिमलो गरिदिनको साटो गालीको बौछार गर्दै दुइ-तीन झाँपट पनि लाइहाल्छिन् । काकीको थुतुनो र हात एकै साथमा मेशिनजस्तै चल्छ। सुशीलचाहिँ एक कुनामा थचक बसेर झॉपट-चोटको दुखाइले होइन मनको चोटले सुँकसुँकाउँछ। दइवटा रोटी कले फेरि हकम गर्छिन-“यो खाइसकेपछि पानी भर्न जान थोपा पानी छैन ।” मुन्टो हल्लाएर हुन्छ भन्ने इशारा गर्छ त्यसले । धारामा जति पनि मान्छेहरुको होड छ। ठलाहरूले सानाहरूलाई ठगेर अघिअघि पानी भरिरहे। कोही सासै नफेरी अरूको कुरा गर्न व्यस्त हुँदै भाँडा–वर्तन माझिरहेछन् ।

यो हा नेपाली सभ्यताको एक झलक मात्र हो । सुशील आफ्नो पालो पर्खेर उभिरहेछ ।। पानी जाने पाइपहरू यत्रतत्र छरिएको, कतै काटिएको-टुक्रिएको कतै पाद नफुस्कने गरी कसिएको, डॅडी लगाइदिएको यी सबै हेर्दाहेर्दै मान्छेको भीड़ सकिन्छ। सुशीलको पालो पानी भर्ने । किन यति ढिलो हैं? जहाँ गयो त्यहीँ टोहोलिन्छ।”

तँलाई समयको ख्याल रहँदैन ।' सुशील चुपचाप । काकीले माया नगरे। पनि काकाले त त्यो अनभिज्ञ बालकलाई ख्याल राख्न सक्छ। तर अभाग्यता एउटी मुखाली मापाकी स्वास्नीको अधीनबाट उम्कन सके पो!! मायाको भोको छ त्यो, तिखएको छ आमा–बाबाको ममतादेखि टाढिएर। त्यसको यस्तो अवस्थामा कसैको वास्ता एवं सहानुभूति छैन । समाज त एक दर्शक मात्र भएको छ। आलोचनाबाहेक अन्य केही गर्न सक्ने होइन ।

रात पस्यो । बिहान भयो । सुशीलको बढ्दो जीवनको कुनै लक्ष्य छैन । केवल कल्पनाको संसारमा टोहोलाइरहन्छ औ शब्द बाहिर आउँछ- "शायद मेरो पनि आमा-बाबा भइदिएको भए म आज यो सुनसान ठाउँमा एकोहोरो आइरहनुपर्ने थिएन । म पनि साथीहरूसित खेलिरहन्थें दिनभरि । दशैंको लुगा लगाउन पाउँथें होला । पाठशाला पनि जान्थे, लेख्थें, पढ्थें । तर मलाई छोडेर कहाँ यति चाँडै किन जानुभयो?

एक दिन काकीले राम्ररी हेर्दै भनिन्, “किन तँ त काम्दै पो छ त? के भयो? के काम बिगारिस् भन् नत्र...।। ।

“क...काकी... हँसिया त ज...जङ्गलमै भुलेछु ।' काकी रीसले चूर हुनिन् औ धमाधम कुट्न थाल्छिन् सुशीललाई “तेरो आमा–बाउको कमाइ छ र यहाँ? के नै छोडिदियो र तँलाई पाल्नुपर्दैछ?" काकीको शब्द प्रहारले कोमल हृदयमा च्वास च्वास्स घोचिरहेछ । त्यो आज भोकै छ सुंकसैंकाइहेको छ, मनभित्र आमा, आमा पुकार्दै ।

दिन मधुरो छ। आकाश कालो बादलले ढाकेको छ । पानी पर्ने प्रचुर मात्रामा भावना देखिन्छ। सुशीलको मुन् दुखे झै दिन एकदमै बिग्रिएको छ। हिज घाँस उमा पुगेर हतार-हतार हँसिया खोज्न थाल्छ त्यसले घरमा जुन हालतमा * चास र हँसिया लान नै पर्छ नभए दास पनि नपाइने । निरन्तर खोजिरहन्छ, छेवैमा झारहरूले छोपेको हँसियाको बिँड़ देख्छ त्यसले । खुशीले पाए पY रमाउछ त्यो । त्यसको त्यति कम्ती खुशी पनि एकक्षा मात्र थियो ।

आकाशमा मेघ गजेन थाल्यो । त्यसले आफ्नो सम्पूर्ण ताकत छिटो-छिटो घाँस काट्नमा लगाउँछ। निष्ठुर पानी चम्किएर गर्जनसाथ जोड-जोडले दर्षन थाल्छ। ओत लाग्ने ठाउँ कहा छन । यताउता रूखहरूको छहारामा ओत लाग्ने कोशिश गर्छ। हावाले पनि आफ्नो बल त्यही बालकमाथि नै थोपे झै हुरीमा बदलिन थाल्छ हु.......! अचानक ३ कम्पन भएको त्यसले महसुस गर्छ। अचल हुन्छ। त्यो के हो? कसो हो बुझ्न नसकी ढुङ्गा-मुड़ा सोहोरिएर त्यसको सानु शरीर छिन्न-भिन्न पारी बगाएर लान्छ, कुनै दया–मायाबिना । यसरी दुःखपूर्ण जीवनको यात्रा दुःखमै समाप्त भयो त्यसको।

अहिलेसम्म पनि यो बजिया किन नआएको? गाईवस्तुहरू भोकले कराइसक्यो |हन कहाँ मस्यो यो!” आज बिदाइको दिनमा पनि काकीको सहानुभूति र काकाको आफ्नोपनको सौभाग्य प्राप्त भएको छैन त्यसलाई। घरको गाईवस्तुहरू पनि कराइरहेछ मानो आज भोकले होइन सुशील अब कहिले फर्की आउँदैन भन्ने बुझाउन खोजेको होला । सुशील यति बिघ्न अभागी छ कि त्यसको त्यो निर्जीव देहलाई विसर्जन गर्ने मलामीसमेत छैन । त्यसको मरणमा दुःख व्यक्त गर्ने, दुइ थोपा आँसु खसाल्ने धरि छैन । बस् त्यसको त्यो प्राणहीन छरपस्टिएको शरीरको वरिपरि भएको रूखपातहरू नै त्यसको मलामी बनिदिएको छ, त्यसलाई छोपेको माटो-ढुङ्गा जो रगतले रक्ताम्मे परेको छ त्यही नै प्रकृतिले दिएको मट्टी त्यसको देहलाई । झर.र...र... परिरहेकै छ पानी।।

काका-काकी आफ्नो कर्मको फल भोगिरहेछ आज ईश्वरको लाठी सबैमाथि, तिनीहरूको कुनै सन्तान छैन । मातापिताको सौभाग्यबाट वञ्चित छन् उनीहरू ।
तिनीहरू कतै सुशील फर्की आउँछ कि भन्ने आशामा सुशील गएको बाटो हेर्दै पल | प्रतिपल तड़पिरहेछ । जति नै दुःख व्यक्त गरे पनि, विलाप गरे पनि उनीहरु सत्यदेखि अजान छन् ।

Searchdarjeeling.com has best Nepali short stories form talented writers from Darjeeling, Kurseong, Kalimpong, Mirik and other areas of India. Here we have posted beautiful Nepali short Story written by Mr. Arjun Rai who hails from Darjeeling. The Story was originally published in the Book Named "SRIJANA" Share us your stories sandeep.khati86@gmail.com for article submission or Visit our Facebook Page: @Facebook.com/Darjinfo

Tags:

Post a Comment

0Comments

Drop your Views & Queries

Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Check Now
Accept !