Nepali Short Story Hareko Karma

Sandeep
By -
0

Nepali Short Story

Nepali Short Story

Searchdarjeeling.com now shares Nepali shorts stories form talented writers from Darjeeling, Kurseong, Kalimpong, Mirik and other areas of India. Here we have posted beautiful Nepali short Story written by Mr. Bigen Rai who hails from Marybong Tea Estate Darjeeling. Marybong is a beautiful Tea estate in the district of Darjeeling which is about 8 KM from Ghoom Railway Station. The village falls on the way to Darjeeling Via Ghoom to Bijanabri. The Story was originally published in the Book Named  "SRIJANA" Share us your stories  sandeep.khati86@gmail.com for article submission or Visit our Facebook Page: @Facebook.com/Darjinfo

हारेको कर्म

चारैतिर हुस्सु र कुहिरोले डम्म ढाकिएको छ। कहाँ–कतै केही देखिंदैन । लगातार पानी परेको पनि महिना दिन भयो। दर्कने पानी रोकिने नाम छैन । दर्कने पानीजस्तै रोएर हृदयमा पीड़ाहरू गुन्द्रुक, सिन्की इँ गुम्साएकी छे उसले । थाहा छैन यसरी कतिञ्जेल माग्न र लुक्नपर्ने हो उसलाई । कहिले पल्लो घरको सुँगुरको खोरमुनि लुक्छे त कहिले बाख्राको टाट्नोमा लुक्छे। आज पनि नानीलाई च्यापी वल्लो घरको गाईको गोठ छेउ ओत लागी लुकिबसेको छ। अनुहारमा त्रास र भयको धर्काहरू छर्लङ्गै खिचिएको छ। आँखाको डीलहरूमा आलो घाउहरू स्पष्ट देखिएको छ।

रात निकै तन्किसकेको छ । पानी परिनै रहेको छ । उद्देश्यहीन ती आईमाई कहाँ जानु, के गर्नु हुँदैथ्यो। अकस्मात गोठको छाप्रोदेखि पानीको ढिका दुइमाथि खनिन्छ। अत्तालिएर रून्छ काखको अबोध शिशु । डरले पालाकपुलुक हेर्दै दूध खुवाउँदै सुताउँछे। अनि कहाँ जाने निर्णय लिन्छे। सोच्छे- वल्लो, पल्लो घर जान पनि नित्य दिनको त्यही क्रमले छिमेकीहरू पनि वाक्क भइसकेको छ। वल्लो घरमा गएर पनि बस्न कहाँ पाउँछ र! त्यो मत्थुले घर-घर खोजेर पनि हातले, लातले, लात्रोले धरि हिर्काउँछ। गाउँलेहरूले कतिपल्ट सम्झाएको तर उल्टो नराम्रो शब्द गरी झगड़ा बढाउँछ। उसले कुन्नि के सोच्छ अनि माथिल्लो घर जाने तर्खर गर्छ। फेरि हप्ता दिनअघिको घटनाले पाइला रोक्छ ।

त्यही घटना सम्झन थाल्छ उ'नानी च्यापेर बेलुकीको भान्सा गरिरहेको समय कुलेसोदेखि कराउँदै आएर चूल्हामा हेरी उम्लिँदै गरेको तिहुनलाई लात कस्छ। भित्तादेखि चूल्हाभरि आहाल हुन्छ। अनि झटारिंदै गएर आलमारीमा सजाएका वर्तनहरू लथालिङ्ग पारिदिन्छ । त्यतिले मात्र कहाँ शान्ति मिल्छ र वल्लो छेउ र पल्लो छेउ हुँदै अश्लील शब्दहरूको झटारो हानी हिर्काउन आउँदा, भागेर माथिल्लो घर गुहार माग्न पुग्दा त्यहाँ आई महाभारत मच्चाएको थियो । न त दर्कने पानी नै थामिन्छ, न उसको अश्रुधारा । कस्तो कस्तो भाग्य लिएर जन्मन्छ नारी जाति? साँच्चै छोरीको जन्म हारेको कर्म भन्ने उक्ति सत्य भएको छ यहाँ। धेरै बेरसम्म रोइरहन्छ। अनि फेरि विवाहअघिका दिनहरू आलो बनाउँछ - साँच्चै भनौं भने त्यसताक कति रमाइला थिए ती दिनहरू ।

वसन्तको आगमनमा ढकमक्क फूलहरू फुलेझै जोवन फुलेको । चारैतिर हरियाली । न शोक न सुर्ता थियो । यही बँस देखेर मरिमेटेको थियो । एकोहोरो घरमा आई प्रणय भिक्षा माग्न थाल्यो। जतातिर गए पनि पछिपछि लाग्ने । वृद्ध आमा–बाबालाई कति करुण बोलीले मागेको थियो मलाई । नाइँ भनिदिंदा विषपान गरी मर्छ भनेर धम्काएथ्यो । कतिपटक सम्झाएँ मानेन । तिमीलाई विवाह गरिनँ भने जीवनमा कहिल्यै कसै अरूसित विवाह गर्दिनँ भनेको थियो त्यससमय । अहिले जाऊँ, भरै जाऊँ। हिँड़ तिमीलाई लिन आएको भन्थ्यो । धेरै दिनहरू यसरी नै ढिप्पी गरिरह्यो। अन्त्यमा सोचे आखिर एउटा टुहुरो केटो । दुःखमा हुर्केको मान्छे । पारिवारिक सुखदेखि वञ्चित छ। माया–ममताको आवश्यकता छ उसलाई।

 जीवनभरि एकलो कदापि रहन सक्तैन उ अनि म पनि। मलाई पनि त सहाराको नितान्त खाँचो छ। आ... सबैभन्दा ठूलो मन मिल्नपर्छ । सुख-दुःख संसारको नियम हो । फेरि औधी चाहन्छ उसले मलाई ।

धन-सम्पत्ति चाहेन, एक छाक खोले र सिस्नोसँग शान्तिसित गाँस लिनपाए भइगयो। योभन्दा ठूलो कुरा अरू के हो र? सुनेथे आफूले मन पराउने भन्दा आफूलाई मन पराउनेसँग जीवन सुखमय बित्छ रे। आखिर घर–सल्लाह गरी उसैकी गृहिणी हुने निर्णय लिई एक दिन सुटुक्कै हामी दुइ विवाह गरी एकार्कामा समर्पित भएका थियौं । | आजभोलि गर्दै महिना वर्ष बित्यो । समयले पन्ना पल्टायो। गल्छ, थाक्छ। भन्दै अल्कोहलले घाँटी भिजाई थकान मेट्ने निहुँमा जीवन डुबायो।

नशामा आई । प्रत्येक दिन-रात कचकच, गनगनले पिरोल्न थाल्यो। अत्याचार गर्न थाल्यो। कुट्यो त ठीकै छ तर तेरो माइत यस्तो–उस्तो छ। माइत गइहाल, अहिले जा । भरै जा । मेरो घरमा नबस निस्केर गइहाल भन्दै आधारातहरूमा ढोका बाहिर गरिदिन्थ्यो। पहिले–पहिले त माइत गइहिँडे । पश्चात्ताप भएजस्तो गरेर ल्याउन आई घर सम्हाल्यो दुइ-चार दिन । तर फेरि त्यही क्रम शुरू गर्न थाल्यो । अब त माइत जान पनि कोही छैन । न गरी खानु न मरी जानु । केही उपाय नै छैन । आफ्नो चिन्ता त कहाँ थियो उसलाई, अबोध शिशुको चिन्ता र भविष्यले संसार त्याग्नदेखि रोक्थ्यो उसलाई । के गरूँ? कसो गरूँ? अतीत र भविष्यले सोची धेरै रून्छे उ। रोएरै मन हल्का बनाई। आधारात बित्यो ।

 अब त पति निदायो होला । जे गरे पनि स्त्री जातिको निम्ति घरभन्दा ठूलो सुरक्षित ठाउँ अन्य छैन भन्ने सोचले बाध्य भई नाबालक लिएर त्यही झुप्रोतिर लम्कन्छ। एकसरो लुगाले ढाकेको छातीमा भय र त्रास बोकी। अतीत र भविष्य बोकी निष्पट अँध्यारोभित्र।


Nepali short story was written by Bigen Rai- Marybong Darjeeling from the Book "SRIJANA" Write to us at darjinfo@gmail.com for article submission


Visit SearchDarjeeling for Best Nepali Short Stories
Tags:

Post a Comment

0Comments

Drop your Views & Queries

Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Check Now
Accept !