Nepali poem "UPAHAR" by Prakash Gurung
उपहार
- प्रकाश गुरुङ
दिन चाहन्छु श्रद्धापूर्ण उपहार
दुइ थोपा आँसुको साटो ।
दिन चाहन्छु एकमुठी हाँसो
दिन चाहन्छु कोशेली यो खुशी
मेरो पालन-पोषणको साटो।
जन्म दियौ पहाड़की रानी दार्जीलिङमा
हुर्कायौ, बढ़ायौ यस चियाबारीमा
उद्देश्य राख्छु शिखर छुने
बाँच्न चाहन्छु तिम्रो न्यानो काखमा
प्रत्येक जीवनको परीक्षामा सफल बन्नुछ
पर्खालजस्ता बाधाहरूको सामना गर्दै
अघि बढ्नुछ, चम्कनुछ एक दिन
जगत्को चम्किलो ताराजस्तै।
Nepali literature is really a rich and sweet Literature lets put our hands to keep it safe , read and write submit your articles to us , whether its a NEPALI POEMS OR other articles .
Drop your Views & Queries