जन्म दियो कर्म दियोउ,
चर्को घाममा सितल छायाँ बन्योउ,
झरी पर्दा ओथ बनि,
आफु भिज्योउ स्वार्थ नहेरि ।
चिम्लेका ति आखाँ उघारी ,
संसारको मनोरम्य दृश्य देखा योउ,
टुकुले हिडाईमा लड्न खोज्दा ,
आफु लडी मलाई उठायोउ ।
आफ्नो भोको पेट नहेरि,
मलाई तिमिले अ्मृत पिलायोउ,
न्यानो हातले सुम्-सुमाई कन्,
मिठो-मिठो सपना देखायोउ ।
आफ्नो कर्तब्य पुरा गरी ,
छाडी गयोउ संसार नहेरि,
तिम्रो ममताको ऋणी भए म,
डगमगाई रोए चित्कार भरि ।
आउदैन फेरी त्यो दिनहरु कहिले,
कसलाई भन्नु अब "आमा फेरी,
"आमा" पाईदैन जिवनमा घरि-घरि,
"आमा" पाईदैन फेरी मुल्य तिरि,
आघात नपुराउ ममतालाई कसै गरि । ।
By - सन्दीप खाति
Dedicated to my mother late Ratna Maya Khati 29th January 2004
View More :Nepali Poems from Darjeeling
Submit your poems to us : Click here
Drop your Views & Queries