Poem

Submitted by : Mr.Arnold Rai,
St. Mary’s Hill,
Kurseong
Email: elezevan@gmail.com


ए दिदी बहिनी ,
दसैं त आयो
सेल रोटी खादीन
नबस तिमी 
पर्खेर मलाई
म् टिका लौदिन


तिम्रो त्यो माया 
त्यो मुटु भरी
सम्हाली राखी देउ
भोली म् औछु
गोर्खा भुमी ल्यिअछु
पर्खेर हेरी देउ


दुई महिना भयो
हामीलाई ल्याको
क्रान्ति को खेलैमा
पर्खेर औछु
भाई टिका लौछु
म त छु जालैमा

शाहीद भएर
मरी नै गए
जातीको नाममा
म् फेरी औछु
म् फेरी भेट्छु
कुनै एक जनममा

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top