Biography of Manprasad Subba

Sandeep
By -
0

Born on September 3, 1950, in Bijanbari, Darjeeling district, Manprasad Subba's parents are Dhanmaya Subba and Ambardhoj Subba. After completing his master's degree in English literature, he embarked on a career as a primary school teacher. Alongside, he also taught part-time at Bijanbari College.


Biography of Manprasad Subba
Sir Manprasad Subba

Manprasad Subba is recognized as a dynamic figure in Indian Nepali poetry, contributing significantly to the experimental neo-writing trend in Nepali literature.


From his early works to the present, his poems display a distinctive simplicity, embodying his desire for innovation. A notable trait of his poetic artistry is the way he skilfully portrays the complexities of life, societal disharmony, and global issues.


The poem titled 'Pratikriya' earned Manprasad Subba the 'Diyalo Award,' a recognition of his poetic prowess. His remarkable poetry collection 'Adim Basti' brought him the esteemed 'Sahitya Akademi Award.'


In 1993, he was honoured with the 'Ratnashri Swarna Padak,' cementing his place as a celebrated figure in the world of literature.


Literary Works of Manprasad Subba


  • १. त्यो मोड़सम्म पुगेको मान्छे (उपन्यास)
  • २. बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरू (कविता-सङ्ग्रह)
  • ३. बुख्याचाहरूको देशमा (कविता-सङ्ग्रह)
  • ४. आदिम बस्ती (कविता-सङ्ग्रह)
  • ५. ऊष्मा (कविता-सङ्ग्रह)
  • ६. ऋतु क्यान्भसमा रेखाहरू (कविता-सङ्ग्रह)
  • ७. अक्षर अर्केस्ट्रा (कविता-सङ्ग्रह)
  • ८. किनाराका आवाजहरू (कविता-सङ्ग्रह)
  • ९. भुइँफुट्टा शब्दहरू (कविता-सङ्ग्रह)

Poems of Manprasad Subba


अशिवलिङ्ग / मनप्रसाद सुब्बा


अचेल के भा’को हँ
यो देशको लोग्नेमान्छेलाई ?

जीउभरि लिङ्गैलिङ्ग उमारेर
त्यसले अन्धाधुन्ध धावा बोलिरहेछ स्वास्नीमान्छेमाथि!
स्वास्नीमान्छेहरूलाई कह्त्तम पार्ने
त्यसले
आफ्नो जीउभरि लिङ्गहरू जुरूरूरू उमारेको छ काँढासरि
त्यसको शरीरको रूगरूगे पाखामा
लिङ्गको खेती घिनलाग्दो सप्रेको छ
उम्रेका छन् लिंगहरू त्यसको निधारमा आँखामा नाकमा ओंठमा
चिउँडोमा छातीमा हत्केलामा अनि हत्केलापछिल्तिर
लिङ्गैलिङ्गको मान्छे भएको छ त्यो
तर त्यसलाई शिवलिङ्गको शिवत्वबारे केही थाह छैन
उन्मत्त भैरव-लिङ्गको उर्वर मिथक पनि त्यसले सुनेको छैन
सुनेको भए यत्ति अशिव हुने थिएन त्यो

त्यसले त स्वास्नीमान्छेको स्तनमा पनि
योनी मात्र देख्छ
स्वास्नीमान्छेको जीउभरि त्यसले
योनी योनी देख्छ
त्यसैले उमारेको छ त्यसले जीउभरि मैनकाँढा लिङ्गहरूको

त्यसले फ्रयडको मन देखेको छैन
वात्सायनको भावना त झनै देखेको छैन
नत्र यसरी जीउभरि लिङ्ग उमारेर
हेरिनसक्नु घिनलाग्दो हुने थिएन त्यो

त्यसले खजुराओको मन्दिरको मीठो यौन कविता
पढ्न जानेको छैन
नत्र यसरी टाउकोमा लिङ्गको सिङ् उमारेर
यति हिंस्रक हुने थिएन त्यो

यदि त्यसको यौटै मात्र कान पनि
लिङ्ग हुनबाट बाँचेको छ भने
ओ कवि !
त्यसलाई यौटा मीठो प्रेमकविता सुनाइदेऊ
लैला-मजनुको कथा भनिदेऊ
ओ गायक !
त्यसलाई यौटा मधुर प्रेमकविता सुनाइदेऊ
कतै त्योभित्र अलिकति संवेदना तरङ्गिन्छ कि !

अचेल ऊ 


ईश्वरलाई उसले
आफ्नो आस्थाबाट निकालिदिएपछि
त्यहाँ यौटा ठूलो भ्वाङ पर्यो
अनि
उसले अनास्थाका विचारहरू थाक थुपारेर
त्यो भ्वाङ पुर्नखोज्यो
तर भ्वाङको आयतन झन् झन् बढ्दै गयो.. बढ्दै गयो..
यो बढ्दो भ्वाङ देखेर
उसले मनमनै भन्यो —
ईश्वरको अनुपस्थिति भनेको
यस्तो कल्पिनसक्नु भ्वाङ रहेछ !
अनि उसले यो असीमित भ्वाङलाई
आफ्नो असीमित स्वतन्त्रता ठान्यो
तर सम्हालिनसक्ने यत्रो ठूलो स्वतन्त्रता पाएर
उसले आफ्नो सुझबुझ हरायो ।
‘यति विराट स्वतन्त्रता लिएर के गरूँ ?’- सोध्यो आफैलाई ।
कति कति वर्षसम्म
उ यै प्रश्नको पेन्डुलमसित हल्लिरह्यो.. हल्लिरह्यो..

तर आज हठात् देख्यो –
उसको यो ठूलो स्वतन्त्रता त टुक्रा टुक्रा फुटेर
‘स्व’ यौटा शपिङ मलको शो-केसमा बन्द ।
‘तन्’ डान्सबारमा ।
‘त्र’ मगन्ते बालकको फाटेको हापेनको चाक ।
‘ता’ चैं बाँच्नैलाई जतै पनि टाँस्सिने प्यारासाइट ।

अचेल उ
यस्तो बिजोग हालतमा छ
कि उसित न ईश्वर छ
न त उसको स्वतन्त्रता नै । 
 

Disclaimers


All the information on this website – https://searchdarjeeling.com/ – is published in good faith and for general information purpose only. searchdarjeeling.com does not make any warranties about the completeness, reliability and accuracy of this information. Any action you take upon the information you find on this website (searchdarjeeling.com), is strictly at your own risk. searchdarjeeling.com will not be liable for any losses and/or damages in connection with the use of our website.


Like our Facebook page for Latest Notification

Post a Comment

0Comments

Drop your Views & Queries

Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Check Now
Accept !