'' बिनाशकारी कोरोना "
१७ नोभेम्बर २०१९
चाईनाको त्यो वुहान शहरमा,
एक..विभत्सव,
संक़मणीय विपत्तीको कालो सन्देशं बोकेर,
फैलियो विनाशकारी 'कोरोना '
विशवलाई नै चकिर्त र आतंकित पारि,
शोकका लहरहरू.........
सबैमा भरिदिएर.....।
अबोध बालक देखि वृद्व सम्म,
आफनो शिकार बनाउने,
स्पर्श नै काफि छ यसलाई,
घाँटी देखि फोकसो सम्म नष्ट गर्ने।
कसतो राक्षशी 'कोरोना'
बनाई रहेकोछ त्राहि त्राहि.....सबैमा..।
हिज सम्म,
मैं हुँ भन्ने ती अहमकांरी..र धनीदेशहरू..,
तेरो र मेरो भन्ने ..,
लखपति,
कड़ोरपति,
अरबपत्ति हरू...,
रूईरहेको छ, आज धुरू..धुरू..धुरू धुरू....।
झण,
गरिबी अभिशापमा समेटिएका...,
निम्न वर्गकाहरू.....
जिउँदै मरेतुल्य झै
त्यो बन्द कोठामा 'कोरेन्टाईन ' मा,
केवल..,
एक गाँसको पर्खाईमा,
छटपटृाईरहेको छ...उकुस मुकुस भएर..।
कति विनाशकारी,
कति सक्रमंणीय,
हरेक,..सड़क र गल्लीहरूमा,
ती अनगन्ती लाशहरू.....,
वेवारिश सरह.......लम्पसार परिरहेको छ ।
अस्पताल देखि शमशानघाट सम्म,
लाम लागेका ती सयौं लाशहरु....,
एउटा चित्ता खोजिरहेको छ ।
उमंग आकांक्षा बोकेका सपनाहरू,
भोलिको बिहानी संग रमाउने ति रहरहरू,
आज ....बिवश....चकनाचुर भएर,
एउटै खाल्डोमा पुरिनन्दैछ ।
कस्तो राक्षसी 'कोरोना '
कति विनाशकारी ' कोरोना '
भन त .....अन्त तेरो कहिले छ?
पासागं छिरीगं लामा
समालबोगं/ बिजनबारी
१८/०४/२०२०
ads start ads end
Like our Facebook page for Latest Notification
|
Follow us on Google+ |
[All the Job information of this website are taken from the official website of respective department/firm ,the candidates are requested to verify and apply, the intention of the content is shared to help the un-employed youths who are seeking for Job , Readers are advised to visit the above link before applying to any posts/recruitment ]
No comments:
Post a Comment
Leave your views for this post.
आफ्नो बिचार/प्रतिक्रीया छोडेर जानुहोस !
[Do not forget to leave Comment]