NEPALI POEM NIMANTRAN BY TARUN KHALING - SEARCH DARJEELING : HISTORY , CULTURE ,PEOPLE ,TRAVEL,AND JOBS

Post Top Ad

NEPALI POEM NIMANTRAN BY TARUN KHALING

Share This
NEPALI POEM NIMANTRAN

निमन्त्रण

Tarun Khaling

तिमी समाज सेवक हौ भने
मेरो शहर हुँदै आउनु
भिखारीहरू सुतेका 'फूट पाथ' हुँदै आउनु
मलाई भिखारी र पागलहरूसित भेट्ने छौ |
हिज-आज,
म अस्वस्थ्य धुकधुकी खोज्दै हिँडिरहेको छु |
शहर होइन भने
सनार्थीहरूको जंगल हुँदै आउनु
त्यतिबेला म घाऊहरु सेक्दै
बसिरहेको हुनेछु |
तिमी बिना चिन्तित आउनु, स्वतन्त्र आउनु ,
म तिमीलाई विदेशीको लाञ्छना
लगाउने छुइन |

तिमी कवि हौ भने
हाम्रो भेंट कवितामा आवश्य हुनेछ
तर तिमी,
कवि पनि राजनेता पनि हौ भने
मेरो देशको,
मेरो राज्यको ,
मेरो जन्म-ठाउँको
माईली दिदीको रक्सी पसलमा आउनु
जहाँ म मातेर विहोश
बान्ता गरिरहेको हुनेछु--
त्यतिबेला हुनेछ
तिम्रो र मेरो माटोको कुरा |


No comments:

Post a Comment

Leave your views for this post.
आफ्नो बिचार/प्रतिक्रीया छोडेर जानुहोस !
[Do not forget to leave Comment]

Post Bottom Ad

Pages