Nepali Poem 'आमाको डर ' by Riwash Sharma

Sandeep
By -
0
आमाको डर

गर्वमै छोरा-छोरीको भविष्यको कल्पना बोकी
दिन भरी भोकै पेट्, फाटेको गम्बुट्
अविरल बर्षा झरीको पर्वाह नगरी
घरमा आई सुक्खा रोटी र नुनको
चिया खाएको देख्दा 'डर लाग्छ्' ।

सानोमा पहिलो मिठो बोली 'आमा'
सुन्दा संसारै जीते जस्तो
फेरी तन्नेरीमा त्यही खस्रो बोली
'आमा' भनेर झर्किएर कराएको
देख्दा 'डर लाग्छ्' ।

बोनस थापेर दसैको लुगा किनी
जुन सुकै लगाउँदा खुशी हुने नानी
तन्नेरीमा आमाको पहिरन र बाबाको
गरीबीपनको खिल्ली उठाएको
देख्दा 'डर लाग्छ्' ।

घुँडा फाटेको प्याण्ट , कानमा कुण्डल्
हिप्-हप कपाल पाश्चात्य पोशाक्
तर खाली दिमाग , भरपुर अहंकार्
सबै परिक्षामा फेलको फेल भएको
देख्दा 'डर लाग्छ्' ।

घरमा गृहिणीको प्रवेश पश्चात्
जन्म दिने आमालाई छुटाएर
त्यही सुक्खा रोटी र नुनको चिया
न दिकन घरबाट खेदाएको
देख्दा 'डर लाग्छ्' ।

Written and Submitted by :

रिवाज शर्मा
तामसाङ खासमल बस्ती







Like our Facebook page for Latest Notification

Follow us on Google+



Enter your email address to get Notification to your Inbox:






Tags:

Post a Comment

0Comments

Drop your Views & Queries

Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Check Now
Accept !