महलभित्र A poem by Bigen Rai

Sandeep
By -
0
महलभित्र

निस्तब्ध अन्ध्यारो त्यो आलिशान महलभित्र
एउटा मृदुल हृदय अस्पष्ट स्वरमा रोइरहेछ,
सुन्दर त्यो भव्य कोठाभित्र
पिपासुका निराकार अन्ध्यारोले
मदिराको प्यास झै पिईरहेछ ।
कम्पित त्यसका आवाजहरु
ठुला - ठुला नग्न तस्वीरहरुले
हाँसी - हाँसी आनन्द लिइरहेछ ।


चिच्याउँछ त्यो तर आवाज बाहिरिदैन,
दौडन्छ कती मन त्यसको आकार दौडन्दैन ।
घडीको प्रत्यक टिक्-टिकसंगै
नारीत्व त्यसको लुप्दैछ ,
भोको , प्यासा बनी त्यसले
अस्तित्व त्यहाँ पिँउदैछ ।
त्यसको आशुँलाई मासु बनाई
आत्माको भोक मेटाउँदैछ ,
त्यसको आकृतिलाई बीछ्याउँना बनाई
अंग्-अंगको घुटको पीउँदैछ ।

मन्-प्राण छ् , तर निर्जीव सरह्
गती र चलन छ, तर अदृश्य सरह्
त्यो अन्ध्यारो  कालो तमले
कमुलो चोक्टा-चोक्टा टोक्दैछ्,
त्यसको आशुँलाई मासु बनाई
आत्माको भोक मेटाउँदैछ ।
त्यसको करुणावाजहरु
भित्र-भित्रै हराइरहेछ्,
त्यो आलिशान महलभित्र
एउटा दृश्य रोइरहेछ.....


Written and Submitted by :

श्री बिगेन राई
मेरिबोङ चियाबारी





Like our Facebook page for Latest Notification

Follow us on Google+



Enter your email address to get Latest posts to your Inbox:






Tags:

Post a Comment

0Comments

Drop your Views & Queries

Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Check Now
Accept !