जन्म दियो कर्म दियोउ,
चर्को घाममा सितल छायाँ बन्योउ,
झरी पर्दा ओथ बनि,
आफु भिज्योउ स्वार्थ नहेरि ।
चिम्लेका ति आखाँ उघारी ,
संसारको मनोरम्य दृश्य देखा योउ,
टुकुले हिडाईमा लड्न खोज्दा ,
आफु लडी मलाई उठायोउ ।
आफ्नो भोको पेट नहेरि,
मलाई तिमिले अ्मृत पिलायोउ,
न्यानो हातले सुम्-सुमाई कन्,
मिठो-मिठो सपना देखायोउ ।
आफ्नो कर्तब्य पुरा गरी ,
छाडी गयोउ संसार नहेरि,
तिम्रो ममताको ऋणी भए म,
डगमगाई रोए चित्कार भरि ।
आउदैन फेरी त्यो दिनहरु कहिले,
कसलाई भन्नु अब “आमा फेरी,
“आमा” पाईदैन जिवनमा घरि-घरि,
“आमा” पाईदैन फेरी मुल्य तिरि,
आघात नपुराउ ममतालाई कसै गरि । ।
By – सन्दीप खाति
Dedicated to my mother late Ratna Maya Khati 29th January 2004
View More :Nepali Poems from Darjeeling
Submit your poems to us : Click here
(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “//connect.facebook.net/en_US/all.js#xfbml=1&appId=255433021143722”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

