थाहै नपाई परेछु मित्र स्ंसारिक फ्ंदामा,
जानी नजानी लेख्दै आज झ्याउरे छन्दमा ।
स्ंसारको नियम कस्तो हो राजै कागजमा कोर्दछु,
सक्दिन रुन भक्कानो मनको शब्द्ले फोड्द्छु ।
भुलमा भए माफी गर्नु याँ बाट थाल्द छु,
मनको पिर कम हुन्छ भनी सबैलाई बाड्द्छु ।
हे दैब छोडी जानु है पर्यो घर बार सहर्,
मुटुको टुक्रा छोडेर आए थ्यो प्राण सरह् ।
सम्झेर बस्छु रात र दिनै मायाको मुहार्,
भेटौ है चाडै उन्लाई भनी गर्दछु गुहार् ।
सुस्तरी राजै पौडिन थाले जिवनको सागर् ,
खै के हो काँ हो भेटदिन कतै शन्तिको किनार् ।
हेर्दछु वारी त्यो डाडा पारी केई देक्छु भनेर,
त्यै पनि छेक्छ बाद्ल आई निस्ठुरी बनेर् ।
आँसु है झारी रोएर भन्छौ फर्की आउ भनेर्,
कर्मलाई छोडी मर्दको बोली काँ आउनु सक्छुर ।
मोहले तान्छ मनले भन्छ फर्की जाउँ घरतिर,
त्यो झुप्रो घर त्यो खाली हात काँ हेर्न सक्छुर् ।
त्यो माया अनि त्यो मोह कस्तो मुटु नै पिरौने,
भक्कान्नो फुट्छ आँसुले छेक्छ रुनु नि नपाउने ।
त्यो दिन अनि त्यो रात फेरी लम्हेको जस्तो छ्,
पर्खाईको पिरले मायाको दियो निभेको जस्तो छ्।
मायाको पोको अथाह छ सकिन्न भनेर्,
धनको तुलना नगर यस्लाई सकिन्न किनेर्।
दुखको घडी बित्यो नि राजै घर जाउ है फर्केर् ,
चार बर्ष बित्न चार जन्म लग्र्यो आउँदिन याँ तिर् ।
मायालाई भेट्ने र उनलाई छुने मन छ आतुर्,
लामो छ रात उडेर जाउँ कि मायाको गाउँतिर।
रमाइलो दिन रमाइलो घाम मै पटी फर्केर्,
गर्द्छ स्वागत त्यो गाउँको बाटो अमृत छर्केर् ।
बर्षौको घाव निको भो दैब माया लाई देखेर्,
ममताको न्यानो काखलाई पाई मन रोयो हाँसेर्।
पिडाको स्ंसार छोडेर यहाँ आई पुगे बांचेर्,
आशु है पुछी कोसेली दिए ल्याएको साँचेर।
त्यो चुने घर पुरानो खर बद्लिने रहर्,
अन्ध्यारो स्ंसार उज्यालो भयो दैबले चाहेर् ।
बर्सौको पर्खाई मायाको सिउदो भर्नु छ सिन्दुरले,
दुखको रात फर्काउन चाहे फेरी त्यो दैब ले ।
मायाको बन्धन फुकाउन खोजे धन र जातैले,
भाग्र्यलाई जित्ने म मान्छे परे तोडीदे कर्मैले।
समाजमा नौलो मायाको एउटा इतिहास बनाइदे,
साँचो माया तोडिन्न कैले विश्वलाई सुनाईदे।
बिश्वास गरे दैबलाई सम्झे फुलपाती चडाए,
त्यो झुप्रो घरमा पुरा भो सप्ना स्वर्ग नै बनाए।
-By Sandeep Khati
>>Submit your article/Poems/Stories
>>Read More Poems
(function(d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {return;}
js = d.createElement(s); js.id = id;
js.src = “//connect.facebook.net/en_US/all.js#xfbml=1&appId=255433021143722”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

