Rajendra Bhandari - A Brief on His Poetic Journey
Biography of Rajendra Bhandari |
Biography of Rajendra Bhandari
Rajendra Bhandari was born on September 28, 1956 in Gari village Bombusty in the district of Kalimpong India as the youngest child of father Bhagirath Bhandari and mother Savitri Bhandari. He has retired after working as a professor in Sikkim Government College for many years.
Rajendra Bhandari, a talented poet of the present time in Indian-Nepali literature, has been continuously engaged in poetry composition.
The poems of Rajendra Bhandari have been published in various magazines. Poet Bhandari's poems have expressed people's consciousness, time and society.
The language of his poems, which are presented with symbols and images of politics, religious pretensions, empty ideals, are simple, easy and comprehensible.
Awards :
In the year 1982, poet Rajendra Bhandari has been honored with 'Dialo Award' from Darjeeling, 'Dr. Shobhakanti Thegim Memorial Award' from Sikkim, 'World Nepali Artist Award' from Kathmandu and many other awards.
His published poetry collections:
१. हिउँदे यी चिसा रातका पर्दाहरूमा
२. यी शब्दहरू : यी हरफहरू
३. झर/अझर
४. शब्दहरूको पुनर्वास
५.प्वाँखहरू र आकाश
Read Poems of Rajendra Bhandari Online
समय बित्दैन
तल खेतसम्म पनि ओर्लिन नसक्ने भए बाजे ।पोहोर लट्ठी टेक्दै आँगनसम्म जान्थे ।
यसपालि सिकुवासम्म मात्र जानसक्ने भए ।
तीन दिनसम्म ओछ्यान परेर बाजे बिते ।
बोजू बितिन् ।
फेरि बित्दै गइन् आमा
पहिला बजारबाट बितेर घरै बस्ने भइन् ।
पछि आँगनबाट बितिन् र सिकुवामा आइन् ।
सिकुवाबाटै आंगनका चरा धपाउने भइन् ।
आँखाबाट ज्योति बित्यो ।
खुट्टाबाट उभिने शक्ति बित्यो ।
उनका इच्छाहरू बित्दा नबित्दै
तर एक साँझ
'उनी पनि बितिन् ।
एक दिन एउटी उन्मत्त सुन्दरी जिस्किई मसित
तर म शान्त पोखरी जमिरहें उसको छेउ ।
मबाट बितिरहेथ्यो जवानी ।
मङसिरे पहेंलपुर खेतबाट
हरू Fact
यू बन्दै थिए ।
अन्नहरू बितेर मल बनिरहेका थिए ।
पृथिवी बितिरहेकी छन् ।
वायुमल बित्दैछ ओजोनदुलोभित्र ।
बिरूवा बितेर बोट बितेर फूल बितेर पत्कर बितेर
बितेर बितेर बितेर
योवृद्ध इन्द्रकमल पनि धरतीबाट बितेर गयो ।
तर समय बितेको छैन
समय छँदैछैन भो बित्थ्यो ।
मेरो जन्मदिन र बा
आफ्नै छात्तीलाई
परसम्म तानेर बाले खेत बिराए ।
सिमानामा सालको बिरुवा रोपे ।
र त्यसलाई आफ्नै रगत छर्किएर हुर्काए ।
बाले रोपेका
गगून, सिमल, बड़हर, बकैनासँगसँगै
म पनि हुर्किए ।
हावामा टाउको उठाएँ ।
बालाई म जन्मिएकोभन्दा
नयाँ खेतमा पहिलोपल्ट बाली उठाएको बड़ी याद छ ।
आँगनको पारिजातजत्तिकै पुराना छन् बा ।
डीलको ठुल्ढुङ्गोजत्तिकै अटल ।
खुट्टाहरूले गफ गर्नेगरेका बाटोका ढुङ्गा
रातमाटे गीत, खोलाका कल्चौंड़ा,
घरको पुरानो दलिन,
प्राइमरी स्कूलको घण्टी,
पसीना, हतार, डर,
ईश्वर, महाजन, गाउँघर
अनि बा
यी सबैको सामूहिक तस्वीर
नाच्दैआउँछ आउँछ आँखामा झ्वाम्म |
मेरो पृथिवीको आदिपुरुष बा ।
गृहस्थीको अनादि नाद ।
बा सूर्य
जसका वरिपरि घुमिरहन्छन्
आमा, दाजु, भाइ, छरछिमेक ।
बा अजन्मा ।
उता फूलबारीमा केतकी हुर्कियो,
यता सिकुवामा म ।
मकैबारी, उत्तीस, खनिउँको जन्मदिन हुँदैन।
मेरो पनि छैन ।
मलाई थाहा छ बालाई मेरो जन्मदिन थाहा छैन ।
यत्तिचाहिँ पक्कै थाहा छ मलाई
मेरो अनुहार दिनदिनै बाकै जस्तो हुँदैगइरहेको छ ।
जताबाट जसरी बाको केश फुल्नथालेको थियो मेरो पनि त्यहीँबाट त्यसरी नै फुल्नथालेको छ ।
बाले
सेतो केशलाई सेतै छोडिदिएका थिए
तर मचाहिँ
त्यहाँ कालो राजनीति गर्दैछु ।
लोकगीतको धून
आइफलझैँ झुण्डिएको छ
शरदको अक्कास
अक्कासलाई उचाल्दा उचाल्दा
गर्धन नुहेका छन् वयोवृद्ध पहाड़का |
चर्न निस्केका असहाय चल्लाहरू खोज्दै घुमिरहन्छ चिल
भुइँमा छाया खसालेर ।
उत्ताउला टिनेजर रूखहरू
टिस्टाको पानीमा आफ्नै रूपसँग दङ्ग पर्छन् ।
खड़ेरी सासूको पोल बोकेर
डाँडैडाँड़ा जान्छन् मैतालु बादल।
धानबारीमा लहलह झुल्छ
माटाको पहेंलो गन्ध ।
एकै डल्लो परेको छ तराई
मायल - मायल मुन्तिरा
भाइबैना पहाड़लाई डोन्याएर
घाम ताप्न निस्केको छ तन्देरी कञ्चनजङ्घा ।
लोकगीतको एउटा अपुरो धून टिस्टाको फिंजसँगै बगिरहन्छ -
'छातीभरि बोकेर पिरैपिर
जाँदैछौं है टिस्टाको तिरैतिर ... '
उत्तरी सुवास जिस्किंदै झर्छ नाकैनाक ओहालो ।
साँझपख
पढ्न बस्छ हरिप्रसाद हलोजुवा राखेर पैतालामा लेखिएको यात्रा - संस्मरण ।
अनि घरक उधारेर हेर्छ छातीमा
ब्ल्याक एन्ड ह्वाइट अलबम अतीतको ।
कति भो कति भित्तामा हड्डीको सेतो र रगतको रातो पोतेको।
कति भो कति छालाले ऐय्या आत्थु बिर्सेको ।
तर मनले बिर्सेको छैन
जतनले साँचेको सपनाको मानचित्र ।
जहाँ उफ्रिदै गइरहेछन् केटाकेटीहरू
खेतैखेत
जङ्गलै जङ्गल चियाबारी नै चियाबारी
झोलामा एक-एकवटा घाम टिप्न ।
-
राजेन्द्र भण्डारी
दिनको पाइला
वर - पीपलका पातहरू पन्साउँदै आयो एकाबिहानै
रूप्पीको अण्डाजस्तो सूर्य ।
र
छिराइदियो मलाई
टाइम्स अव् इन्डिया।
टाइम्स अव् इन्डियाले
मलाई दियो
देश हुने चाहनामा छटपटाइरहेको एउटा देश ।
अनि आमा बन्ने चाहनामा
रोइरहेकी एउटी
रगतपच्छे धरती ।
क्रमशः दिनले दियो मलाई
एउटा स्पष्ट अनुहार बन्ने चाहनामा चिच्च्याउँदै घस्त्रिरहेको
एक शहर जुलुस ।
फेरि एकैछिनमा दन्किँदो आगो भयो सूर्य
Like our Facebook page for Latest Notification
Drop your Views & Queries