BIOGRAPHY OF ARIAL PRADHAN

Sandeep
By -
0
BIOGRAPHY OF AERIAL PRADHAN

BIOGRAPHY OF ARIAL PRADHAN


PLACE OF BIRTH : BADAMTAM TEA ESTATE , DARJEELING

DATE OF BIRTH : 1908

FATHERS NAME : LAXMI PRASAD PRADHAN

अध्ययन [EDUCATIONAL QUALIFICATION]: 


म्याट्रिक्युलेसन अंग्रेजी माध्यममा कलकत्ता विश्वविद्यालयबाट पहिलो श्रेणी।।

–घरैमा अंग्रेजी साहित्य, साइकोलजी, इकोनोमीक्स, भूगोल, जर्ज बर्नङ शाका नाटकहरू, शेक्सपियर र मिल्टनका कृतिहरू र जेनेरल नलेज।।

व्यवसाय / पेशा : [WORK / PROFESSIONAL LIFE]


 अवकाश प्राप्त प्रधान कर्मचारी डी० सी० आफीस, दार्जीलिङ। | निरोधक अफीसर (Preventive Officer, Enforcement Branch ) वाध्यकरण विभाग, दार्जीलिङ ।।

संक्षिप्त जीवन विवरण : [BRIEF HISTORY ]


आरम्भमा टर्नबुल स्कूल औ म्युनिसिपल प्राइमरी स्कूलका प्रधान शिक्षक ।।

अंग्रेजी माध्यममा म्याट्रिक्युलेसन पहिलो श्रेणीमा पास गरेपछि बृटिश सरकारले Veterinary College कलकत्ताका निम्ति छाने तर तेसपट्टि अभिरूचि नभएकोले गएनन् । सार्वजनिक शिक्षा (General Education) तिर उनको जाने इच्छा भए तापनि दार्जीलिङ जिल्लामा कलेज नभएकोले औ पारिवारिक अवस्थाले गर्दा १९३० सालमा डेपुटी कमिश्नर कोर्ट दार्जीलिङमा काम लिनु भो। त्यति बेला कचहरीमा काम गर्न एउटा मान सम्मानको कुरो थियो । आफ्नो दैनिक मामुली जीवन माथि खुशी नभएर अंग्रेजी साहित्य, मनोविज्ञान, अर्थनीति शास्त्र, भूगोल, जर्ज बर्नर्ड शाका नाटकहरू, शेक्सपियर र मिल्टनका कृतिहरू अनि सार्वजनिक ज्ञानहरू अध्ययन गरे । दार्जीलिङ मनोबिनोद लाइब्रेरीको स्थायी सदस्य भई नेपाली साहित्य अध्ययन गर्दथे ।

लगातार पढ़ाइले उनको जीवनमा निकै उज्यालो ल्यायो औ ज्ञान-बुद्धि प्राप्त गरे।

AERIAL PRADHAN
AERIAL PRADHAN
स्वयम् शिक्षाले यस्तो प्रेरणा दियो जसले आफ्ना मानिसहरू औ देशलाई सेवा गर्ने इच्छा, क्रियाशील सामाजिक कार्यहरूद्वारा जागृत गराइदियो । दोस्रो महायुद्धको समय उहाँ हवाई हमला सतर्कता Air Raid Precaution मा पर्नु भो । उहाँले सरकारलाई यो विभागलाई परिवर्तन गर्न पूरा मद्त गरे औ लाखौं रुपयाको सम्पत्तिको उद्धार गरे । दोस्रो महायुद्धका समय खाद्य उत्पादन सम्बन्धी जनतालाई सचेत गराउनका निम्ति उहाँलाई यो भार दार्जीलिङ सदरमा सुम्पियो साथै मोटर भ्यान औ माईक पनि दिएका थिए ।

सुखिया पोखरी जाने बाटोमा करीब ३७० ऐकर जमीन अहिलेको भन्ज्याङ्ग बस्ती घुम पहाड़को मुनि स्थित छ त्यो खासमहलको खेतीपातीको जमीनमा परिवर्तन भयो । उहाँको घरिघरिको परिश्रम औ श्री मोतीचन्द प्रधानज्यूको उपदेशले। श्री मोतीबाबु त्यति बेलाको प्रधान डेपुटी कलेक्टर औ डेपुटी म्याजिस्ट्रेट थिए । हिन्दुस्थान इन्सुरेन्स कम्पनीले एडवर्ड केभेनटरको यो ३७० ऐकर जमीन आफ्नो निज प्रयोगका निम्ति लिनका लागि सर सल्लाह कुराकानी गरी प्रायः मिलाइसकेका थिए । यो सिद्ध दुःसाहसिक कामले धेरै जमीनहीन पहाड़बासीहरूले जमीन प्राप्त गरे ।

त्यसपछि सरकारले उहाँलाई Preventive Officer Enforcement Branch तालीमका लागि पठाए । । दोस्रो महायुद्धको पछाडि संयुक्त बंगालमा खाद्यका चीजहरूको अभावमा यो जाँचमा शारीरिक औ न्याय्य बस्तुहरूमा खुबै राम्ररी पास गरी दार्जीलिङमा Preventive Officer नियुक्त भए । | कालो बाजार, अनुचित संग्रह, उपभोग गर्ने आहारहरूमा नाफाखोरीहरूलाई पक्रे ।। डरहीन स्नेहहीन भई ठीक ठीक सँगले धनी औ गरीबहरूमा अभावको समय बितरण गर्न स्थिर गरे । यो आफ्नो काममा अरूहरूबाट प्रभावित हुन ढीठसँगले अस्वीकार गरे । नाफाखोरीहरूले उनलाई झंझटमा हाल्नका निम्ति षडयन्त्र रचे तर आफ्नो काममा इमानदारीसँग बसी उनीहरूको यो अति घृणित इन्तजामलाई निष्फल गरिदिए । सत्यको अन्तमा जय नै हुँदछ भन्ने सिद्धान्त उहाँको थियो । | यो अनुभवले उहाँलाई यो देखायो कि एउटा इमानदारी अफसरलाई कति सारो औ दयाहीन पाराले भ्रष्टाचारको बिरोध खुल्लमखुल्ला लड्नुपर्दछ ।

खेलकूदलाई प्रोत्साहन दिनका निम्ति उहाँले सक्रिय भाग लिए। धेरै वर्षसम्म उनी दार्जीलिङ औ जिल्ला शारीरिक व्यायाम औ खेलकूद संस्थाको सदस्य थिए । । सन् १९५६-५७ मा डेपुटी कमीश्नरको खेलकूद संस्थाको साधारण सम्पादक चुनिए । यसले उहाँलाई दार्जीलिङ जिल्लाका कारिन्दावर्गको स्वास्थ्यको सुधार ल्याउने मौका पायो।। उहाँको अति परिश्रमले धेरै नै लाभ भयो । १९५७ मा डेपुटी कमीश्नरको खेलकूद संस्थाले जहाँ कारिन्दाहरू मात्र थिए–हर्ली फूटबल कप (Herlihy Football Cup) बिजय प्राप्त गरे। यो एउटा तेजस्वी साहसिक कार्य थियो । उहाँको यौवनकालमा उहाँले खेलकूद औ संगीतमा तीब्र चाख लिन्थे । उहाँले १९२८, १९२९ सालको सार्वजनिक सर्व बिजय पहाड़ मानिसहरूको खेलकूद (Hillmen's sports ) मा पाए ।

दार्जीलिङ, ब्लुमफिल्ड खेलकूद औ कालिम्पोङ्ग औ त्यसपछि पनि धेरै बिजय चिन्ह कपहरू प्राप्त गरे ।

सरकारी जागीरबाट अवकाश प्राप्त गरी उनी १९६६ सालको दार्जीलिङ नगरपालिकाका चुनावमा लड़े औ विजय प्राप्त गरे । उहाँले आफूमाथि सुम्पिएको कार्य नगरपालिकाको विभागीय उच्च कर्मचारी (Municipal Commissioner ) भई प्राणपन चेष्टा गरे औ यसले दार्जीलिङका जनताको सेवा गर्ने मौका हासील गरे।।

निर्मल, शुद्ध खेलकूदद्वारी उनले ममता औ सेवाका गुणहरू सिके। सन् १९७० मा उनी नगरपालिकाको चुनावमा फेरि पनि निर्विरोध चुनिए तर चुनाव-अर्जीको कारण यो परिषद्ले काम गर्न सकेन । उहाँ भन्नु हुन्छ–उहाँले अवकाश प्राप्त गरेनन् तर उहाँले जुत्ताको तलुवालाई अवकाश प्राप्त गरायो जसमा उहाँले आफ्नो जीवन यात्रा अझै हिड्न सक्ने पारे । उहाँ अझै पनि सक्रिय हुनुहुन्छ ।

सन् १९७१ सालमा गोर्खा दुःख निवारक सम्मेलन, दार्जीलिङको सभापति चुनिए । यो लोक हितैषी औ उदार संस्थाको सदस्यता संख्या अति बढेर जाँदैछ औ जानेछ ।

 THE BIOGRAPHY IS TAKEN FROM THE BOOK 'DURDARSHI' A NEPALI BIOGRAPHY BOOK FOR EDUCATION PURPOSE.

THE ARTICLE BELONGS TO THE ACTUAL PUBLISHERS
EDITION : 3
 PUBLISHED YEAR : MAY 1973 (Baishak 2030)

Post a Comment

0Comments

Drop your Views & Queries

Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Check Now
Accept !