बिनाशकारी कोरोना

” बिनाशकारी कोरोना ”

१७ नोभेम्बर २०१९
चाईनाको त्यो वुहान शहरमा,
एक..विभत्सव,
संक़मणीय विपत्तीको कालो सन्देशं बोकेर,
फैलियो विनाशकारी ‘कोरोना ‘
विशवलाई नै चकिर्त र आतंकित पारि,
शोकका लहरहरू………
सबैमा भरिदिएर…..।
अबोध बालक देखि वृद्व सम्म,
आफनो शिकार बनाउने,
स्पर्श नै काफि छ यसलाई,
घाँटी देखि फोकसो सम्म नष्ट गर्ने।
कसतो राक्षशी ‘कोरोना’
बनाई रहेकोछ त्राहि त्राहि…..सबैमा..।
हिज सम्म,
मैं हुँ भन्ने ती अहमकांरी..र धनीदेशहरू..,
तेरो र मेरो भन्ने ..,
लखपति,
कड़ोरपति,
अरबपत्ति हरू…,
रूईरहेको छ, आज धुरू..धुरू..धुरू धुरू….।
झण,
गरिबी अभिशापमा समेटिएका…,
निम्न वर्गकाहरू…..
जिउँदै मरेतुल्य झै
त्यो बन्द कोठामा ‘कोरेन्टाईन ‘ मा,
केवल..,
एक गाँसको पर्खाईमा,
छटपटृाईरहेको छ…उकुस मुकुस भएर..।
कति विनाशकारी,
कति सक्रमंणीय,
हरेक,..सड़क र गल्लीहरूमा,
ती अनगन्ती लाशहरू…..,
वेवारिश सरह…….लम्पसार परिरहेको छ ।
अस्पताल देखि शमशानघाट सम्म,
लाम लागेका ती सयौं लाशहरु….,
एउटा चित्ता खोजिरहेको छ ।
उमंग आकांक्षा बोकेका सपनाहरू,
भोलिको बिहानी संग रमाउने ति रहरहरू,
आज ….बिवश….चकनाचुर भएर,
एउटै खाल्डोमा पुरिनन्दैछ ।
कस्तो राक्षसी ‘कोरोना ‘
कति विनाशकारी ‘ कोरोना ‘
भन त …..अन्त तेरो कहिले छ?

पासागं छिरीगं लामा
समालबोगं/ बिजनबारी
१८/०४/२०२०

Leave a Comment

Your email address will not be published. Required fields are marked *