"जोडी ढुकुर"
दाम्पतीत्य जिवनमा वाधिएका
एक जोडी ढुकुर
उमङ्ग र जोशका लहरहरु स्ंग्
उत्साहको झोली बोकि
सपनाको महलहरु सजाउँदै
आफ्नो स्ंसारिक जिवनको एक लामो यात्रा
सुस्तरी सुस्तरी .... ती उमेरका पाईलाहरु
दुख र सुख
हाँसो र रोदन , सधै
सघर्षको खुड्किलोहरु सित्
हुरी बतास आधिबेरी र तुफान सङ्ग रुमालिन्दै
यो उतार चडाउ जिवनको मोडहरुम
'एक जोडी ढुकुर'
थुप्रै थुप्रै प्रतिस्प्रधा र होड्वाजिहरु
सफलता र बिफलताको परखाईहरु
अवश्यकता र अभाव संग संगै
अनुभुतिका भारीहरु बोकेर्
एउटा सुनौलो जिवन धान्न हेतु
बाधिएको दाम्पतीत्य जिवनमा
'एक जोडी ढुकुर'
भन्थ्यो सबैले कती राम्रो जोडी
कती मिलेको जोडि!
हरेक बिहान मिरमिरे उज्यालो सधै
घाँस , दाउरा र जङलपातमा
सुशेलिको भाका हाल्दै
हलो कुटे र कोदाली बोकि
मेलापातमा झाउरे गीत गाउदै
साँझपख क्षितिजपारिको सन्ध्याका
किरणसँग लुकमारी गर्दै
पिडिमा बसी चियाको चुस्की लिन्दै
दिनभरिको थकान मेटाँउदौ
भोलिको नौलो बिहानिको प्रतिक्षम
'एक जोडी ढुकुर'
यसरी नै
कती हीउद कती बसन्त
बिताएको ति 'जोडी ढुकुर'
कहिले माया र ममताको अंङ्कमालमा
कहिले ठुस्का ठुस्की गर्दै
कहिले परिवारप्रती चिन्तित .. जोडी ढुकुर
नयाँ नयाँ योजनाहरु बनाउदै
सायद्...
समयको प्रवाह सँग सँग हातेमालो गर्दा गर्दै
उमेरको मियाद पुगेपछी
कसले रोक्न सक्छ त्यो छणहरु
दैबको लाठी सबैमाथि
पर्यो बज्रपाति
अफसोस्
दुई नदी छुटिए झै अचानक्
अलग अलग भएर 'जोडी ढुकुर'
बिछोडिएका ति पलहरु
समयको फेर मात्र , यो बिचित्र स्ंसारमा
अघी र पछी
केवल सम्झना मात्र्
विवश सन्सारिक जिवनको दुख सुख भुलेर
निशब्द चिरनिद्रामा
हिज जस्तो लाग्छ
लाम लागेको मलामिहरुको सायमा
अस्रुपुर्ण बिधाईहरु
जन्मेपछी मर्नु नै पर्ने
सन्सारिक रिती स्विकारदै
जलिरहेको शरिर हुरु रु रु हु रु रु
जोडी ढुकुरको लामो यात्रा समाप्त्
वेस्वादिलो क्षण्
समझनाहरु
यादहरु, केवल्
शब्दहरुमा मात्र प्रशन गर्दै
"इश्वर तैले रचेर फेरी कसरी बिगारिस्
शृस्टी को फुल रचेर एस्तो कसरी लतारिस्"
पासङ्ग छिरिङ्ग लामा
Like our Facebook page for Latest Notification
|
Follow us on Google+ |
[All the Job information of this website are taken from the official website of respective department/firm ,the candidates are requested to verify and apply, the intention of the content is shared to help the un-employed youths who are seeking for Job , Readers are advised to visit the above link before applying to any posts/recruitment ]
Drop your Views & Queries